नासो दिवसमा कर्णाली संयोजकलाई खगोलीय उपकरण हस्तान्तरण

तस्बिर: नासो

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)को स्थापना दिवसको अवसरमा नासो–कर्णालीका संयोजक डा. पुष्पराज आचार्यलाई खगोलीय उपकरण हस्तान्तरण गरिएको छ।

नासोका अनुसार सो उपकरणको प्रयोगले कर्णाली प्रदेशमा तारामण्डल अवलोकन कार्यक्रम, विद्यालयस्तरीय खगोल शिक्षा, शिक्षक तालिम तथा जनस्तरमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सकिनेछ।

नासोका अध्यक्ष सुरेश भट्टराईले कर्णालीमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी पहुँच विस्तार गर्न यो कदम महत्वपूर्ण हुने बताए।

उनले नासोले स्थापना कालदेखि नै नेपालमा खगोल र अन्तरिक्ष विज्ञानप्रति जनचासो बढाउने, ज्ञान फैलाउने, विद्यार्थीहरूलाई प्रेरित गर्ने तथा वैज्ञानिक दृष्टिकोण विकास गर्ने कार्यमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे।

यो हस्तान्तरणले विज्ञानप्रतिको रुचि र पहुँच दुबैलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×