आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ग्राण्डि हस्पिटलमा विशेष छुट सुविधा

काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डि हस्पिटलबीच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौता अनुसार, अबदेखि कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ग्राण्डि हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, वेलनेस प्याकेजमा पनि विशेष सहुलियत प्रदान गरिनेछ।

छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एप आई.एम.ई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र प्रस्तुत गरेर छुटको लाभ लिन सक्नेछन्।

सम्पर्क व्यक्ति तथा थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइटमा विवरण उपलब्ध गराइएको छ।

यो सहकार्यले बीमित तथा कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×