फोनेपे र सिटीपेबीच सहकार्य, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

काठमाडौं — नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनेपेले सिटीपे डिजिटल वालेटलाई आफ्नो पारिस्थितिकी प्रणालीमा दशौँ एकीकृत वालेटका रूपमा स्वागत गरेको छ।

यस सहकार्यसँगै अब सिटीपे वालेट प्रयोगकर्ताहरूले फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर नेटवर्कमार्फत देशभरका १७ लाखभन्दा बढी व्यापारी आउटलेटहरूमा सहज, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।

फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले सिटीपेलाई स्वागत गर्दै भने, “हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो।”

त्यस्तै, सिटीपेका सीइओ बिनय रेग्मीले यो सहकार्यलाई प्रविधिको साझेदारी मात्र नभई लाखौं रेमिट्यान्स लाभार्थीहरूलाई सशक्त बनाउने कदमका रूपमा लिएको बताए।

सहकार्यको अवसरमा सिटीपेले विशेष ‘पर्व अभियान’ घोषणा गरेको छ। सेप्टेम्बर २ देखि नोभेम्बर २, २०२५ सम्म सिटीपे वालेटमार्फत गरिने प्रत्येक कारोबारले भाग्यशाली चिट्ठामा सहभागिता जनाउनेछ। यस अवधिमा दुई भाग्यशाली विजेताले मासिक रूपमा सामसङ टेलिभिजन जित्न सक्नेछन्।

त्यस्तै, रु ५०० भन्दा माथिको हरेक क्युआर कारोबारमा सिटीपेले २० रिवार्ड पोइन्ट प्रदान गर्नेछ, जुन नगद वा वस्तुमा रूपान्तरण गर्न सकिनेछ।

विज्ञहरूका अनुसार, फोनेपे र सिटीपेबीचको सहकार्यले नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अघि बढाउने मात्र होइन, डिजिटल कारोबारलाई अझ सुरक्षित, समावेशी र प्रयोगकर्तामैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×