2025-10-18

जीवित देवी कुमारी, गणेश र भैरवको रथारोहण

काठमाडौं, भदौ २१ — काठमाडौं उपत्यकामा प्राचीन सांस्कृतिक पर्व इन्द्र जात्राको अवसरमा जीवित देवी कुमारीको रथारोहण भएको छ।

बसन्तपुर दरबार क्षेत्रबाट सुरु भएको रथ यात्रा अन्तर्गत कुमारी, गणेश र भैरवका रथहरू शहर परिक्रमा गराइएका छन्। रथ तान्ने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा पुलुकिसी, लाखे, महाकाली, झ्यालिञ्चा लगायतका परम्परागत नाचहरू प्रदर्शन गरिए। जात्राको प्रारम्भ हनुमानढोकामा इन्द्रध्वजासहितको य:सी (लिङ्गो) ठड्याएर गरिन्छ, जसलाई शक्ति र विजयको प्रतीक मानिन्छ।

इन्द्र जात्रा विशेषगरी नेवा: समुदायद्वारा मनाइने पर्व हो, तर यसको सांस्कृतिक महत्त्वले सम्पूर्ण उपत्यकावासीलाई एकत्रित गराउने काम गर्छ। ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानहरूमा पनि यो पर्व धूमधामका साथ मनाइन्छ।

यो जात्रा शुक्ल द्वितियादेखि सुरु भई आठ दिनसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइने चलन छ ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

×