2025-09-24

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन आवश्यक छ : अध्यक्ष ढकाल 

काठमाडौँ,  ७ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताउनु भएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मङ्गलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठुलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताएका हुन्। 

आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उनले यस्ता विषयमा दृष्टिकोण निर्माण गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे ।

निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको र निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत  योगदान गरिरहेको छ।

अध्यक्ष ढकालले जेनजीको आन्दोलनका क्रममा भएको घुसपैठमा देशभरि भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्याङ्क र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आङ्कलन गरिएको उल्लेख गरे।

“हामी विभिन्न समयमा विभिन्न राजनीतिक तथा प्राकृतिक विपत्तीको सामना गर्दै यो अवस्थामा आइपुगेका हौँ । भाद्र २३ र २४ गतेपछिको आन्दोलन पछि सरकारी तथा निजी सम्पतिमा ठुलो क्षति पुगेको छ । हामी सामु यो अवस्थाबाट माथि उठ्नु पर्ने चुनौती छ” उनले भने । 

यद्यपि वर्तमान सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणा अनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रूपमा लिएको छ। उनले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताउँदै सेजनसंगको सहकार्यमा महासंघ सधैं सकारात्मक रहेको धारणा राखे। 

महासंका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अहिलेको घटनाले उद्योगी व्यवसायीहरूमा असुरक्षाको भावना पैदा भएको उल्लेख गर्दै उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको मनोबल उच्च राख्ने गरी शान्ति सुव्यवस्था कायम गर्नु पर्ने बताए ।

उनले नेपालमा भएका पछिल्ला केही घटनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताउँदै यसले रोजगारीमा असर पार्ने बताए।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनः स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बिच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताए।

महासङ्घका कोषाध्यक्ष भरतराज आचार्यले नेपाल अर्थतन्त्रको पुनर्निर्माण नवनिर्माण र पुनरुत्थानका लागि सरकारले निजी क्षेत्रसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका गर्नु पर्ने बताए ।

सेजनका अध्यक्ष भागवत भट्टराईले आर्थिक पत्रकारिताका माध्यमबाट सेजनले सधैँ खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीका विषयमा पैरवी गर्दै आएको बताए। महासंघ र सेजनबीच लामो समय देखि सहकार्य रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत सो सहकार्यको निरन्तरतामा जोड दिए । 

महासंघले बदलिँदो पछिल्लो राजनीतिक परिस्थितिमा संयुक्त रूपमा आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै महासङ्घले उठाएका यी विषय समग्र देशको आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन आग्रह समेत गरेको छ ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

रोटी बनाउँदा गहुँमा पाइने प्राकृतिक इन्जाइम प्रयोग गर्न सकिने: अध्ययन

नयाँ मस्तिष्क निगरानी विधिले एपलेप्सी उपचारमा परिवर्तन हुन सक्ने

स्कोडा नेपालले सार्वजनिक गर्‍यो ‘फेस्टिभ डिलाइट २०८२’अफर

निजी क्षेत्रका व्यवसायीहरुको बृहत् छलफल, अर्थतन्त्र सुधारमा सामूहिक प्रतिबद्धता

चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर पुर्‍याउन नासाले ब्लू ओरिजिनसँग सम्झौता गर्‍यो

यौन शोषणको सिकार पहिचान गर्न नयाँ प्रविधि

पाँचौँ पटक लगातार आएइएले आणविक ऊर्जा सम्बन्धी पूर्वानुमान बढायो

नयाँ खोज: कोशिकाहरूले टाढासम्म ‘महसुस’ गर्न सक्ने क्षमता पत्ता लाग्यो

×