हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन दिवस राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले काठमाडौँको हनुमान ढोकामा फोटो प्रदर्शनी आयोजना गरेको छ।

काठमाडौँ महानगरपालिका, नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त संयोजनमा सुरु गरिएको प्रदर्शनी मेड इन काठमाडौँ फेस्ट २०८२ को अवसरमा सुरु भए पनि जेनजी आन्दोलनका कारण बिचमै स्थगित भएको थियो।

बिहीबार हनुमान ढोकामा एक कार्यक्रमका बीच पूर्वकुमारी मनिता शाक्य, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, पूर्व गणेश तथा भैरवले संयुक्तरुपमा उद्घाटन गरे।  

प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यहरूले खिचेका १ सय फोटोहरू रहेका छन्। योसँगै प्रदर्शनीमा इन्द्रजात्रासँग सम्बन्धित विविध गतिविधिहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

त्यस्तै, लाखे नाचको जोसदेखि साँघुरा गल्लीहरूमा गुन्जिने धुनदेखि डबलीमा उमङ्गित भीडसम्म — इन्द्रजात्राका महत्त्वपूर्ण क्षणहरूलाई क्यामेरामा कैद गरिएका तस्बिरमार्फत प्रदर्शनीमा राखिएका छन् ।

तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

×