कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

तस्बिर: फुर्वा ग्याल्जेन शेर्पा सचिवालय

काठमाडौँ, असोज २० । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा ४६ वर्षीय कोरियाली नागरिक  ताइजुन पार्कको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। अत्यधिक मौसम खराबीका कारण बेपत्ता भएका उनी मेरा पिक क्षेत्रको चुचुरोभन्दा करिब ३ सय मिटर तल फेला परेका थिए।

एनएमएको समन्वयमा आइएफएमजीए/एनएनएमजीए माउन्टेन गाइड  रितेन टासी शेर्पा र अशिष गुरुङलाई खोज तथा उद्धार अभियानका लागि पठाइएको थियो। खोज अभियानका क्रममा हिजो शेर्पा गाइड तेम्बा शेर्पा सकुशल फेला परे पनि पार्कको मृत्यु भएको पुष्टि भएको एनएमएका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा सचिवालयले जनाएको छ।

अक्टोबर ६ मा उद्धार टोलीले हेलिकप्टरमार्फत शवलाई चुचुरोभन्दा ३ सय मिटर तलको स्थानबाट उठाएर काठमाडौँ ल्याएको थियो । यसअघि लुक्लातर्फ उडान भए पनि निरन्तर मौसम खराबीका कारण उद्धार कार्यमा चुनौती आएको थियो।

शनिबार मौसम बिग्रिएपछि मेरा हाईक्याम्प र मेरा पिकको चुचुरोभन्दा करिब ३ मिटर तलको बीच क्षेत्रमा कोरियन नागरिक पार्क र शेर्पा गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए।

तस्बिर: फुर्वा ग्याल्जेन शेर्पा सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको तेह्रौँ संस्करणको आवेदन खुल्यो

×