2025-10-15

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

सिंगापुरले खाद्य प्रयोजनका लागि प्रयोग गरिने चरा गुँड (इबीएन) को गुणस्तर प्रमाणित गर्न पहिलो राष्ट्रिय मापदण्ड सार्वजनिक गरिएको छ ।
यो नयाँ मापदण्डले उपभोक्ताको विश्वास मजबुत बनाउने र नक्कली तथा विकल्पहरूले भरिएको बजारमा उत्पादकहरूका लागि समान अवसर सिर्जना गर्ने उद्देश्य राख्दछ।
खाने चराको गुँड (इबीएन) मुख्यतया दक्षिणपूर्वी एसियाबाट आउने स्विफ्टलेटको र्‍यालबाट बनेको स्वादिष्ट खाद्यबस्तु हुन्, जुन प्रोटिन र अन्य पोषक तत्वहरूले भरिपूर्ण हुन्छन् ।
नयाँ सिंगापुर मापदण्ड (एसएस ७१८) ड्युक-एनयूएसको सेन्टर अफ रेगुलेटरी एक्सिलेन्स अन्तर्गत स्टार्डडस् डिभलपमेन्ट अर्गनाइजेसन (कोरए-सडीओ) र इन्टरप्राइज सिंगापुर (इन्टरप्राइज एसजी) द्वारा संयुक्त रूपमा सिंगापुर स्टाण्डर्ड काउन्सिल (एसएससी) को माध्यमबाट विकास गरिएको हो।

यस मापदण्डले नियर इन्फ्रारेठ स्पेक्ट्रोस्कोपी प्रविधिको प्रयोग गरी इबीएनको प्रमाणिकरणका लागि सटीक, छिटो, पुनरावृत्त योग्य र विनाशरहित विधि प्रदान गर्दछ। इबीएन स्पेक्ट्रोस्कोपीले कुनै पदार्थले इन्फ्रारेड प्रकाशलाई कसरी अवशोषण, परावर्तन वा प्रसारण गर्छ भन्ने आधारमा जानकारी निकाल्दछ। यो परम्परागत विधिहरूको तुलनामा फरक छ, जसमा उत्पादकहरूले नमूना परीक्षण प्रयोगशालामा पठाउनुपर्ने हुन्छ र त्यसले अपव्यय निम्त्याउँछ।

सिंगापुरका सबै बायोमेडिकल तथा स्वास्थ्य मापदण्डहरूको विकास र समीक्षा कोरए-सडीओ र इन्टरप्राइज एसजी को साझेदारीमा विशेषज्ञ कार्यसमूह, समिति समीक्षा तथा सार्वजनिक परामर्शको सहमति-आधारित प्रक्रियाबाट गरिन्छ।

एसएस ७१८को विकास नानयाङ पोलिटेक्निकद्वारा तयार गरिएको इबीएन प्रमाणिकरणको स्टान्डर्ड अपेरेटिङ प्रोसुडरमा आधारित अनुसन्धानबाट गरिएको हो, जसले पहिले नै नीर स्पेक्ट्रोस्कोपीको खाद्य प्रमाणिकरण तथा सुरक्षामा प्रभावकारिता देखाइसकेको छ।

यस मापदण्डले प्रमाणिकरणका लागि प्रयोग गरिने पोर्टेबल नीर उपकरणको न्यूनतम विशेषताहरू, नीर स्पेक्ट्रा संकलन गर्ने प्रक्रिया तथा डेटा प्रशोधन र नमूनाको प्रमाणिकता मूल्याङ्कन गर्ने चरणहरू उल्लेख गर्दछ।

एसएस ७१८ को माध्यमबाट इबीएन आपूर्तिकर्ताहरूले वैज्ञानिक विधिको प्रयोग गरी आफ्ना उत्पादन प्रमाणित गर्ने र ब्रान्डमा विश्वास निर्माण गर्न सक्नेछन्। नयाँ उत्पादकहरू पनि विश्वसनीयता स्थापित गर्न सक्षम हुनुका साथै व्यवसाय विस्तारका लागि समान अवसर प्राप्त गर्नेछ। अन्ततः उपभोक्ताहरूले पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् र आत्मविश्वासका साथ निर्णय गर्न सक्ने भनिएको छ।

 मापदण्ड तयार पार्ने विशेषज्ञ समितिको नेतृत्व गरेका नानयाङ पोलिटेक्निकका वरिष्ठ विशेषज्ञ डॉ. हेनरी ल्युंगले भने,  “एसएस ७१८ जस्ता मानकीकृत परीक्षण विधिहरूले इबीएन प्रमाणिकरणमा नयाँ मापदण्ड स्थापना गरिरहेका छ र विद्यमान उच्चस्तरीय विधिहरूलाई पूरक बनाएको छ।” 

“यस नवप्रवर्तनलाई अपनाएर, सिंगापुरले इबीएन व्यापारको लागि रणनीतिक विश्व केन्द्रको रूपमा आफूलाई स्थापित गरिरहेको छ, उनले भने, “जसले अन्तर्राष्ट्रिय बजार विस्तारको मार्ग खोल्दछ र परम्परागत चिनियाँ औषधि उद्योगलाई वैज्ञानिक प्रमाणमा आधारित आधुनिक अभ्यासद्वारा समर्थन गर्दछ ।” 

डुक एनयुसका कार्यकारी निर्देशकका प्रोफेसर जोन लिमले भने, “यो मापदण्ड केवल प्राविधिक प्रगति मात्र होइन। यसले उपभोक्ताको सुरक्षा सुनिश्चित गर्दै उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिने वैज्ञानिक र व्यवहारिक समाधानमार्फत नेतृत्व गर्न सक्छ।”

प्रोफेसर लिमले थप्नुभयो कि खाद्य प्रयोजनका लागि प्रयोग गरिने चरा गुँडको छिटो र विनाशरहित प्रमाणिकरण विधि प्रदान गरेर हामी उत्पादकहरूलाई अपव्यय घटाउन र ब्रान्डमा विश्वास निर्माण गर्न सहयोग गरिरहेका छौं, साथै उपभोक्ताहरूलाई सूचित निर्णय लिन आत्मविश्वास प्रदान गरिरहेका छौं।

इन्टरप्राइज सिंगापुरका  निर्देशक चोय साउ कुकले भनिन्, “एसएस ७१८ ले गुणस्तर सुनिश्चितता र व्यवसाय वृद्धिमा मापदण्डहरूको महत्वपूर्ण भूमिका दर्शाउँछ।”

“हामी उद्योग विशेषज्ञहरू र सरोकारवालाहरूसँग मिलेर विश्वास र सुरक्षालाई मजबुत बनाउने नयाँ तथा सान्दर्भिक दिशानिर्देशहरू विकास गर्न प्रतिबद्ध छौं,” उनले भनिन् ।

नयाँ मापदण्ड निर्माणमा सरकार, परीक्षण तथा प्रमाणपत्र निकायहरू, शैक्षिक तथा अनुसन्धान संस्थाहरू, र उद्योग सरोकारवालाहरूका प्रतिनिधिहरू सम्मिलित थिए।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

बायोडिग्रेडेबल मेन्सुरेसन कपले प्रजनन स्वास्थ्य निगरानी राख्न सकिने

आन्दोलनका क्रममा बीमा दाबी रकम २३ अर्ब नाघ्यो

नोबेल शान्ति पुरस्कार २०२५: भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई प्रदान

एलर्जी अनुसन्धानमा बिरामी संलग्नता आवश्यक

नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्रास्नाहोर्काईलाई प्रदान

मंगल ग्रहमा धुलो नाच्ने बवण्डरले देखाए तीव्र हावा

आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड

×