
काठमाडौँ, असोज २९ । इनड्राइभद्वारा ‘राइड मोर, विन मोर’ अभियानका दश जना भाग्यशाली विजेतालाई इलेक्ट्रिक स्कुटर पुरस्कार प्रदान गरेको छ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा इनड्राइभले दैनिक यात्रा इनड्राइभ एपमार्फत बुक गरी सो अभियान अन्तर्गत सवारी प्रयोगकर्तालाई लक्कीड्र मार्फत पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौंभरका प्रयोगकर्ताहरूबाट एकदमै राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । यस प्रतिक्रियाबाट इनड्राइभप्रति बढ्दो विश्वास र समुदायको बलियो संलग्नता प्रकट गरेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा १० जना भाग्यशाली विजेताले याडिया ई ८ प्रो इलेक्ट्रिक स्कूटर प्राप्त गरेका छन् । पुरस्कार प्राप्त गर्नेमा वर्षा थापा, सुरेन्द्र थापामगर, प्रत्यूस साह, रितिका वासुकला, गायत्री थापा, जेनी तामाङ, श्रीकृष्ण तामाङ, रविन मगर, कमला सुनार र सुश्मिता मोक्तानले प्राप्त गरेका छन् । उनीहरुले इलेक्ट्रिक स्कुटर पुरस्कारसहित इन्सुरेन्स कभरेजसम्म प्रदान गरिएको छ।

त्यस्तै, सरस्वती पराजुली, राज कुमार, जनक थपलिया, सन्तोष गिरी, रोशन सिंमखडा, सालिकराम आचार्य, स्मृति श्रेष्ठलगायत तीस विजेताले अल्टिमा वाच सर्कल स्मार्टवाच प्रदान गरिएको छ।
यस अभियानले इनड्राइभको समुदाय-केन्द्रित दृष्टिकोणलाई झल्काउँदै न्याय, पारदर्शिता र सशक्तिकरणमा यसको निरन्तर प्रतिवद्धता देखाएको कम्पनीले जनाएको छ ।
इनड्राइभ नेपालकी प्रतिनिधि रीता पोखरेलले काठमाडौँका प्रयोगकर्ताहरूबाट प्राप्त अद्भुत सहभागितामा अत्यन्तै खुशी भएको भन्दै इनड्राइभले स्वतन्त्र चयन, न्याय र पारदर्शितामार्फत मानिसहरूलाई सशक्त बनाउन विश्वास गरेको बताइन्।
‘राइड मोर, विन मोर’ हाम्रो निष्ठावान यात्रुहरूलाई धन्यवाद दिने हाम्रो तरिका भएको इनड्राइभका नेपालकी प्रतिनिधि रीता पोखरेल भनिन्, “हरेक दिन हामीलाई रोज्ने प्रयोगकर्ताहरूप्रति हाम्रो कृतज्ञता यही अभियानले व्यक्त गर्दछ।”
यस अभियानमार्फत इनड्राइभले नेपालमा स्थानीय समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउँदै न्यायपूर्ण मूल्य निर्धारण, पारदर्शिता, स्वतन्त्र चयन र सशक्तिकरणका आफ्ना मूल मूल्यहरूलाई पुनः पुष्टि गरेको उनको भनाइ छ।
कम्पनीका अनुसार पियर-टु-पियर मूल्य निर्धारण मोडेलद्वारा इनड्राइभले यात्रु र चालक दुबैलाई निर्णय गर्ने अधिकार प्रदान गर्दै प्रत्येक यात्रालाई आपसी इज्जत र निष्पक्षतामा आधारित बनाएको छ।
Leave a Reply