प्रभु बैंकका ४ लाख २२ हजार संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं, कात्तिक १० । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले सोमबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर सो अवधिमा कुनै आवेदन नआएपछि अब ती सेयरहरू सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको ‘फिट एण्ड टेष्ट’ मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×