2025-10-28

आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सर्न) को एसोसिएट सदस्य राष्ट्र बन्यो आयरल्यान्ड

जेनेभा । आयरल्यान्डले आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सर्न) को एसोसिएट सदस्य राष्ट्रको हैसियत प्राप्त गरेको छ। 

आवश्यक सबै प्रक्रिया पूरा गरी एसोसिएट सदस्यता सम्झौताको अनुमोदन तथा सर्नका विशेषाधिकार र उन्मुक्तिको प्रोटोकलमा प्रवेश गरेपछि आयरल्यान्डलाई आधिकारिक रूपमा सदस्यता प्रदान गरिएको हो। सदस्यता २०२५ अक्टोबर २२ देखि लागू भएको सर्नले जनाएको छ।

सर्नकी महानिर्देशक फाबिओला जियानोत्ती र आयरल्यान्डका उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा विज्ञान मन्त्री जेम्स ललसले २०२५ मे महिनामा सम्झौतामा हस्ताक्षर गरेका थिए। सर्न र आयरल्यान्डबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको ठानिएको छ । यसपछि वैज्ञानिक तथा औद्योगिक सहकार्यका नयाँ अवसरहरू खोल्ने अपेक्षा गरिएको छ।

सर्नसँग आयरल्यान्डको सहकार्य १९६० को दशकदेखि सुरु भएको हो, जब देशले बबल-चेम्बर प्रयोगहरूमा भाग लिएको थियो। त्यसयता, आयरल्यान्डका वैज्ञानिकहरूले प्रयोगात्मक भौतिकशास्त्र, सैद्धान्तिक अनुसन्धान, चिकित्सा प्रविधि र कम्प्युटर विज्ञानजस्ता विविध क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

एटलस, सिएमएस, एलएचसीवी र आइसोल्डइ जस्ता सर्नका प्रमुख परियोजनाहरूमा आयरल्यान्डको सक्रिय सहभागिता रहँदै आएको छ। एसोसिएट सदस्यता प्राप्त भएपछि यी योगदानहरू अझ सशक्त र विस्तारित हुने विश्वास गरिएको छ।

अब आयरिश प्रतिनिधिहरू सर्न काउन्सिल तथा यसको वित्त समिति र वैज्ञानिक नीति समितिमा सहभागी हुनेछन्। साथै, आयरल्यान्डका नागरिकहरू सर्नका सीमित अवधिका रोजगारी तथा स्नातक कार्यक्रमहरूमा आवेदन दिन योग्य हुनेछन्। 

सर्नले उल्लेख गरेअनुसार आयरिश कम्पनीहरूले सर्नका ठेक्काहरूमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था भएपछि उन्नत प्रविधिमा औद्योगिक सहकार्यको सम्भावना पनि बढ्नेछ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

थप सामाग्री

युरोपेली अन्तरिक्ष एजेन्सीको एशोसियट सदस्य बन्ने तयारीमा साइप्रस

प्रभु बैंकका ४ लाख २२ हजार संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

डब्लुएचओको चेतावनी : विश्वभर ३ अर्बभन्दा बढी मानिसमा स्नायु सम्बन्धी रोग, नीति अभावले संकट गहिरिंदै

नेपालमा जस्तो अवसर कतै देख्दिनँ : अध्यक्ष ढकाल

सवारी दुर्घटनाबाट जोगिन नयाँ प्रविधि: थ्रीडी प्रिन्टेड ट्विस्टिङ मेटामेटेरियल

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

×