गाजा सेवन गर्ने १५ वर्ष मुनीका बालबालिकामा मानसिक तथा शारीरिक समस्या उच्च : अध्ययन

तस्बिर: आफिवाट चुआङचोएम

क्यानाडा । म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले किशोर अवस्थामा गाजा नियमित रूपमा सेवन गर्न थालेका व्यक्तिहरूमा वयस्क हुँदै जाँदा मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धी उपचारको आवश्यकता बढी देखिएको निष्कर्ष निकालेका छन्।

अध्ययनको निष्कर्ष अनुसार, १५ वर्षभन्दा अगाडि गाजा सेवन सुरु गर्ने र दैनिक वा प्रायः दैनिक सेवन गर्ने किशोरहरूमा डिप्रेसन, चिन्ता, आत्महत्यासम्बन्धी सोच, श्वासप्रश्वासको समस्या तथा चोटपटकको सम्भावना उच्च देखिएको छ। जबकि १५ वर्षपछि गाजा सेवन सुरु गर्नेहरूमा मुख्यतः शारीरिक स्वास्थ्यसम्बन्धी समस्या मात्र देखिएको छ।

म्याकगिल विश्वविद्यालयका मनोचिकित्सक सहायक प्राध्यापक मासिमिलियानो ओर्रीका अनुसार १५ वर्षभन्दा कम उमेरका किशोरहरू मस्तिष्कको तीव्र विकासको चरणमा हुन्छन्, जसले गर्दा गाजाको मानसिक स्वास्थ्यमा पर्ने असरप्रति उनीहरू बढी संवेदनशील हुन सक्छन्। उनले भने, “गाजाले ध्यान केन्द्रित गर्ने क्षमता र संज्ञानात्मक कार्यमा असर पुर्‍याउन सक्छ, जसले दुर्घटनाको सम्भावना बढाउँछ।”

स्वास्थ्य अभिलेखसँग गाजाको सम्बन्धबारे पहिलो अध्ययन 

क्वेबेक लङ्गिट्युडिनल स्टडी अफ चाइल्ड डेभलपमेन्टको डेटा प्रयोग गर्दै अनुसन्धानकर्ताहरूले १२ देखि १७ वर्ष उमेरका किशोरहरूको गाजा सेवनको बानीलाई २३ वर्षसम्मको स्वास्थ्य अभिलेखसँग जोडेर विश्लेषण गरेका थिए। यस क्रममा उनीहरूले बाल्यकालको वातावरण, स्वास्थ्य सेवा उपयोगको आवृत्ति लगायतका कारकहरूलाई पनि ध्यानमा राखेका थिए।

अनुसन्धानकर्ता पाब्लो मार्टिनेजका अनुसार, “पूर्वप्रचलित जोखिम कारकहरूलाई विचार गर्दा पनि गाजा सेवन सुरु गर्ने उमेर र सेवनको आवृत्तिले मानसिक तथा शारीरिक स्वास्थ्य सेवाको आवश्यकता बढाउने देखिएको छ। यसले गाजाले आफैंमा असर पार्न सक्छ भन्ने संकेत दिन्छ।”

कति उमेरमा गाजा सेवन ‘जोखिमपूर्ण’ हुन्छ? 

यो अध्ययनले गाजा सेवनको जोखिमबारे चलिरहेको बहसमा नयाँ प्रमाण थपेको छ। सार्वजनिक स्वास्थ्य सल्लाहअनुसार, गाजा सेवनको सुरुआत ढिलो गर्नु युवाहरूको दीर्घकालीन स्वास्थ्यका लागि लाभदायक हुन्छ।

क्वेबेकमा गाजा खरिदको कानुनी उमेर २१ वर्ष छ, जुन संघीय न्यूनतम १८ वर्ष र अधिकांश प्रान्तको १९ वर्षभन्दा कडा छ। अनुसन्धानकर्ताहरूले कानुनी नियमबाहेक सामाजिक सोच र गाजाको सहज पहुँचले पनि किशोरहरूलाई प्रभावित गर्न सक्ने चेतावनी दिएका छन्।

मनोचिकित्सक सहायक प्राध्यापक मासिमिलियानो ओर्रीले भने, “किशोरहरूलाई गाजा सेवन गर्नबाट रोक्ने प्रयासहरू अत्यन्त महत्वपूर्ण छन्। सार्वजनिक स्वास्थ्य कार्यक्रमहरूले गाजा सेवन चाँडै सुरु गर्ने र बारम्बार सेवन गर्ने युवाहरूलाई पहिचान गरी दीर्घकालीन जोखिम घटाउने उपचारमा जोड दिनुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

×