भियतनामका चरा प्रजातिहरूको अद्यावधिक मूल्याङ्कन: संरक्षण प्राथमिकता पुनः परिभाषित

रुफस चिन लाफिड्थ्रस, भेतनाम । तस्बिर: श्रेय: डा. हङ ले

भियतनाम । नेचर कन्जर्भेसन नामक ओपन-एक्सेस जर्नलमा प्रकाशित हालैको अध्ययनले भियतनामका चरा प्रजातिहरूको खतराको स्थिति मूल्याङ्कन गर्दै देशमा तत्काल संरक्षणमा जोड दिएको छ।

विशेष गरी चरा प्रजातिहरूमा भियतनाम जैविक विविधताको असाधारण धनी देश हो। यद्यपि ९०० भन्दा बढी प्रजातिहरू पाइने भए पनि, हनोईस्थित भियतनाम विज्ञान र प्रविधि प्रतिष्ठान (आइबी) का जीवविज्ञानी तथा सह-लेखक डा. हङ ले मानका अनुसार, तिनीहरूको संरक्षण अवस्थाको व्यवस्थित मूल्याङ्कन अहिलेसम्म गरिएको थिएन।

स्ट्रेक्ड बारविङ, तस्बिर: श्रेय: डा. हङ ले

यसै पृष्ठभूमिमा, जर्मनीको कोलोन विश्वविद्यालयमा हेलेना ह्याकेनब्रोचको मास्टर थेसिसमा आधारित अध्ययनले भियतनाममा पाइने चरा प्रजातिहरूको विस्तृत सूची तयार गरेको छ। यसमा प्रजातिहरूको खतराको स्थिति, जैविक समृद्धि भएका क्षेत्र (हटस्पट) र तिनीहरूको राष्ट्रिय संरक्षित क्षेत्र नेटवर्कसँगको सम्बन्ध समावेश गरिएको छ। साथै, आइयुसीएनको “संरक्षणका लागि योजना दृष्टिकोण” को कार्यान्वयन पनि मूल्याङ्कन गरिएको छ।

संरक्षणका लागि योजना दृष्टिकोणका मुख्य निष्कर्षहरुमा ८०३ स्वदेशी प्रजातिहरूमध्ये १० प्रजाति भियतनाममै मात्र पाइने, हाल ४३ प्रजाति आइयुसीएन रातो सूचीमा खतरामा परेका भनेर सूचीकृत र थप ८७ प्रजाति साइटिजको परिशिष्टमा समावेश छन्।

आइबीका उपनिर्देशक प्रो. डा. ट्रुओङ क्वाङ गुयेनका अनुसार, २००७ को भियतनाम रेड डेटा बुकमा ६१ प्रजाति मात्र सूचीबद्ध थिए भने २०२४ मा प्रकाशित हुने नयाँ संस्करणमा यो संख्या ११२ पुगेको छ। साथै, १३८ प्रजाति राष्ट्रिय आदेशहरू अन्तर्गत संरक्षित छन्।

जर्मनीको बोनस्थित लाइबनिज-इन्स्टिच्युट फर द एनालिसिस अफ बायोडाइभर्सिटी चेन्ज (लीब) का प्रो. डा. डेनिस रोडरले उत्तरी र मध्य भियतनाम चरा विविधताका प्रमुख क्षेत्र भएको र मेकोङ डेल्टा गैर-प्रजनन प्रजातिहरूका लागि महत्त्वपूर्ण भए पनि त्यहाँ संरक्षित क्षेत्रको कभरेज कम रहेको उल्लेख गरेका छन्।

चिडियाखाना डाटाबेस (जिम्स) अनुसार, विश्वभरका चिडियाखानामा ३०८ भियतनामी प्रजातिहरू राखिएका छन्, जसमा २० खतरामा परेका र दुई स्थानिक प्रजातिहरू पनि छन्। तीमध्ये एक, भियतनाम तीतर, हाल आयुसिएन रातो सूचीमा “गम्भीर रूपमा संकटाग्रस्त” को रूपमा सूचीकृत छ र २००० पछि जंगली अवस्थामा देखिएको छैन। यसलाई पुनःप्राकृतिक बासस्थानमा फर्काउने तयारी भइरहेको छ।

कोलोन चिडियाखाना र कोलोन विश्वविद्यालयका प्रो. डा. थोमस जिगलरको टोलीले भियतनामी कशेरुकाहरूमा संरक्षणका खाडलहरू पहिचान गर्दै उभयचर (२०२२), सरीसृप (२०२३) र स्तनधारी (२०२४) सम्बन्धी तीनवटा अध्ययन प्रकाशित गरिसकेको छ। यी सबैले आयुसिएनको “योजना दृष्टिकोण” र “रातोलाई उल्टो पार्नुहोस्” पहललाई प्रयोग गरेर संरक्षणलाई प्रभावकारी बनाउन योगदान दिएका छन्।

अन्ततः यो अद्यावधिक मूल्याङ्कनले भियतनाममा संरक्षणका प्राथमिक क्षेत्रहरूलाई स्पष्ट पार्दै, पूर्व-स्थिति संरक्षण प्रयासहरूको एकीकरण र अन्तर्राष्ट्रिय संरक्षण प्राथमिकतासँग कानुनी तालमेल आवश्यक रहेको कुरा जोड दिइएको भियतनाम राष्ट्रिय विश्वविद्यालयका सहायक प्रा. डा. मिन्ह डी. ले बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

×