‘डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफी’ फोटो टक शो सम्पन्न

ललितपुर, कात्तिक १४ । पाटन दरबार क्षेत्रमा रहेको बहादुर शाह बैठकमा ‘थ्रु हर लेन्स- स्टोरिज विओण्ड बोर्डस्‘ शीर्षकमा आयोजित फोटो टक शो सफलता पूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इटालियन डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्टेले आफ्ना फोटोग्राफी अनुभवहरू र विश्वका विविध संस्कृतिहरूमा आधारित कथाहरू प्रस्तुत गरेकी थिइन । उनले भावनात्मक कथा अभिव्यक्ति, सांस्कृतिक संवेदनशीलता, मानवीय सम्बन्ध र दृश्य माध्यममार्फत कथा भन्ने कलाको महत्वबारे प्रस्तुति दिएकी थिइन् ।

उनले फोटोमार्फत विश्वास निर्माण गर्ने तरिका, डकुमेन्ट्री फोटोग्राफीको नैतिक पक्ष, विभिन्न सांस्कृतिक सन्दर्भ बुझ्दै फोटो कथा निर्माण गर्ने सीप र विश्वका अनौठा स्थानहरूमा कथा खोज्ने आफ्ना अनुभवहरू बताएकी थिइन् ।

कार्यक्रममा फोटो पत्रकार,फोटोग्राफर र विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले प्रश्नोत्तर सत्रमार्फत आफ्नो प्रश्न, विचार र अनुभव आदानप्रदान गरेका थिए ।

आयोजक विकास खड्कीले भने, यस्ता कथा वाचनले नेपालमा “फोटोग्राफी पेसा गर्ने र गर्ने सोच भएकाहरूलाई ऊर्जा साथै आइडिया आदान प्रदान गर्न सकोस् भनेर कार्यक्रम आयोजना गरेको बताए ।

यसै अवसरमा भ्यालेन्टिना ब्रान्काफोर्टेको व्यावसायिक फोटो प्रदर्शनी नेपाल पर्यटन बोर्डमा कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×