फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

काठमाडौं, कात्तिक १५। चीनको शानडोंग प्रान्तमा हालै सम्पन्न अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील शानडोंग” मा नेपालसहित विभिन्न देशका फोटो पत्रकार र फोटोग्राफरहरूको सहभागी भएका छन् । 

सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म चलेको उक्त महोत्सवमा जापान, भियतनाम, मलेसिया, कोरिया, म्यानमार, थाइल्याण्ड, रसिया र फिजी लगायत देशका करिब १०० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए।

महोत्सव चीनको शानडोंग प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी शानडोंगका ऐतिहासिक, सांस्कृतिक तथा औद्योगिक क्षेत्रहरूको अवलोकन गराइएको थियो।  सो कार्यक्रममा नेपालबाट  राष्ट्रिय फोटोपत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्त सहभागी  थिए।

उनका अनुसार सहभागीहरुले विन्झाओ सिटीस्थित किसान नेताको स्मारक संग्रहालय, एल्लो रिभर टावर र पार्क,  विश्वप्रसिद्ध कपडा उद्योग र विशाल कार्पेट संग्रहालय स्थलहरूको भ्रमणका अवसरमा फोटो खिचेका थिए । 

ग्रामीण जीवनको अनुभव तथा औद्योगिक, सांस्कृतिक र प्राकृतिक अवलोकन

स्थानीय किसानद्वारा सञ्चालित जुजु फलफूल बगैचामा आफ्नै हातले फल टिप्ने, खाने र झोलामा भर्ने अनुभव सहभागीहरूका लागि विशेष आकर्षण बनेकाो अध्यक्ष वन्तले बताए । उनले भने, “यसले चीनको ग्रामीण जीवनलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ।”

त्यसैगरी, उडी फिल्म सिटीमा आयोजित कला, संस्कृति र नृत्य प्रदर्शनले सहभागीहरूलाई मनोरञ्जनसँगै सांस्कृतिक विविधताको झलक दिएको थियो।

भ्रमणका क्रममा सहभागीहरूले तेल उत्खनन् उद्योगमा प्रयोग हुने मेसिन, विद्यालयका विद्यार्थीहरूको चिनियाँ ओपेरा प्रस्तुति, तथा प्राकृतिक रूपमा संरक्षित एल्लो रिभर क्षेत्रमा पाइने चराहरूको पनि अवलोकन गरेका थिए।

फोटोपत्रकार प्रदीपराज वन्तका अनुसार, यस्ता अन्तर्राष्ट्रिय महोत्सवहरूले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ गर्ने, पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने र नेपाली फोटो पत्रकारिताको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

×