ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

ललितपुर। ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको रचनात्मक शहर (Creative City for Music) को रूपमा घोषणा गरेको छ।

विश्व शहर दिवस २०२५ (World Cities Day 2025) का अवसरमा गरिएको यो घोषणा ललितपुरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासमा सृजनशीलतालाई आधार बनाउने प्रतिबद्धताको उच्च मान्यता हो।

यो उपलब्धि ललितपुरका बासिन्दा र संगीतकर्मीहरूका लागि ऐतिहासिक मानिएको छ भने सम्पूर्ण नेपालकै लागि गर्वको क्षण बनेको छ। यससँगै नेपालमा अब दुई युनेस्को रचनात्मक शहर रहेका छन्—फिल्मका लागि काठमाडौं महानगरपालिका र संगीतका लागि ललितपुर महानगरपालिका।

युनेस्को रचनात्मक शहर सञ्जाल 

सन् २००४ मा सुरु गरिएको युनेस्को रचनात्मक शहर सञ्जाल (यूसीसीएन) ले दिगो सहरी विकासका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूमा सृजनशीलतालाई मुख्य रणनीति बनाउने शहरहरूलाई जोड्न सहयोग गर्नेछ ।

यस सञ्जालमा आवद्ध शहरहरूले उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने, सांस्कृतिक उद्योग प्रवर्द्धन गर्ने, संयुक्त राष्ट्र संघको २०३० ‘एजेन्डा फर सस्टेनेबल डेभलपमेन्ट’लाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

युनेस्कोका अनुसार, सञ्जालले संगीतसहित आठ रचनात्मक क्षेत्रलाई समेटेको छ । जसले विश्वभरका शहरहरूलाई सांस्कृतिक रचनात्मकतामार्फत दिगो विकासतर्फ अघि बढ्न प्रेरित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

×