जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

जेनेभा । जीवाश्म इन्धनमा अत्यधिक निर्भरता र तातो हुँदै गएको संसारसँग अनुकूलन गर्न असफलताले विश्वभर लाखौँ मानिसको ज्यान लिइरहेको नयाँ प्रतिवेदनले चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सहकार्यमा प्रकाशित ल्यान्सेट काउन्टडाउन २०२५ प्रतिवेदनले स्वास्थ्यसँग सम्बन्धित २० सूचकमध्ये १२ वटा अहिलेसम्मकै उच्च स्तरमा पुगेको जनाएको छ। यसले जलवायु निष्क्रियता अब भविष्यको खतरा मात्र नभई वर्तमानमै स्वास्थ्य संकट बनेको देखाउँछ।

“जलवायु सङ्कट भनेको स्वास्थ्य सङ्कट हो। तापक्रमको प्रत्येक अंशले जीवन र जीविकोपार्जनमा मूल्य चुकाइरहेको छ,” डा. जेरेमी फारार, डब्लुएचओका सहायक महानिर्देशकले भने, “तर जलवायु कार्य भनेकै हाम्रो समयको सबैभन्दा ठूलो स्वास्थ्य अवसर हो। सफा हावा, स्वस्थ आहार र लचिलो स्वास्थ्य प्रणालीले अहिले नै लाखौँ जीवन जोगाउन सक्छ।”

मुख्य निष्कर्षहरू

तातोका कारण मृत्यु: सन् १९९० दशकदेखि तातोसम्बन्धी मृत्यु दर २३% बढेको छ, वार्षिक औसत ५.४६ लाख मृत्यु भएको छ। सन् २०२४ मा प्रत्येक व्यक्तिले जलवायु परिवर्तनले १६ दिनको खतरनाक ताप सहनुपर्‍यो। शिशु र वृद्धहरूले २० दिनभन्दा बढी तातो लहर भोगे, जुन २० वर्षअघि भन्दा चार गुणा बढी हो।

खाद्य असुरक्षा: सन् २०२३ मा खडेरी र तातो लहरका कारण थप १२.४ करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षामा परे।

आर्थिक क्षति: सन् २०२४ मा तातोका कारण ६४० अर्ब श्रम घण्टा नोक्सान भयो, जसको मूल्य १.०९ ट्रिलियन अमेरिकी डलर बराबर। वृद्धहरूको तातोसम्बन्धी मृत्युका कारण मात्र २६१ अर्ब डलर बराबरको क्षति भयो।

जीवाश्म इन्धन अनुदान: सन् २०२३ मा सरकारले जीवाश्म इन्धनमा ९५६ अर्ब डलर खर्च गरे, जुन जलवायु–असुरक्षित देशलाई दिने प्रतिवद्धताभन्दा तीन गुणा बढी हो। १५ देशले त स्वास्थ्य बजेटभन्दा बढी जीवाश्म इन्धनमा खर्च गरे।

कार्यको लाभ: सन् २०१०–२०२२ बीच कोइला–आधारित वायु प्रदूषण घट्दा वार्षिक १.६ लाख अकाल मृत्यु टारियो। नवीकरणीय ऊर्जाले विश्व विद्युत उत्पादनको १२% पुर्‍यायो र १.६ करोड रोजगारी सिर्जना गर्‍यो। सन् २०२४ सम्म दुई तिहाइ मेडिकल विद्यार्थीहरूले जलवायु र स्वास्थ्यबारे शिक्षा पाए।

तत्काल कदम चाल्नुपर्ने

“समुदाय र स्थानीय सरकारहरूले प्रगति सम्भव छ भनेर देखाइरहेका छन्,” ल्यान्सेट काउन्टडाउनकी कार्यकारी निर्देशक डा. मरिना रोमानेल्लोले भनिन्, “जीवाश्म इन्धनलाई छिटो हटाएर नवीकरणीय ऊर्जामा रूपान्तरण र दिगो खाद्य प्रणालीतर्फको परिवर्तनले प्रदूषण र हरितगृह ग्यास घटाउने मात्र होइन, हरेक वर्ष १ करोडभन्दा बढी जीवन बचाउन सक्छ।”

प्रतिवेदनले देखाएअनुसार केही सरकारले प्रतिवद्धता ढिलो गरे पनि शहर, समुदाय र स्वास्थ्य क्षेत्र अगाडि बढिरहेका छन्। ८५८ मध्ये ८३४ शहरले जलवायु जोखिम मूल्याङ्कन पूरा गरेका वा गर्ने योजना बनाएका छन्।

स्वास्थ्य क्षेत्र आफैंले २०२१–२०२२ बीच १६% हरितगृह ग्यास उत्सर्जन घटाएको छ, सेवा गुणस्तर सुधार्दै। डब्लुएचओका तथ्याङ्कअनुसार ५८% सदस्य राष्ट्रले स्वास्थ्य संवेदनशीलता मूल्याङ्कन पूरा गरेका छन् भने ६०% ले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना तयार गरेका छन्।

कोप ३० तर्फ दृष्टि

कोप ३०  ब्राजिलको बेलेममा हुने का लागि तयारी भइरहेका बेला, ल्यान्सेट काउन्टडाउन प्रतिवेदनले स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ। डब्लुएचओले कोप ३० विशेष प्रतिवेदन प्रकाशित गर्दै स्वास्थ्य र समानता जोगाउन आवश्यक नीति तथा लगानीबारे मार्गदर्शन गर्ने उल्लेख छ।

ल्यान्सेट काउन्टडाउन, जुन अहिले नवौँ वर्षमा प्रवेश गरेको छ, युनिभर्सिटी कलेज लन्डन को नेतृत्वमा डब्लुएचओ, वेलकम र ७१ शैक्षिक संस्था तथा संयुक्त राष्ट्र एजेन्सीहरूसँग सहकार्यमा सञ्चालन भइरहेको छ। यसले जलवायु परिवर्तनका स्वास्थ्य प्रभाव र तत्काल कार्यका सह–लाभबारे सबैभन्दा व्यापक मूल्याङ्कन प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको तेह्रौँ संस्करणको आवेदन खुल्यो

‘डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफी’ फोटो टक शो सम्पन्न

×