दीर्घकालीन घाउ उपचारमा नयाँ आशा

ताइपेई, ताइवान । नेशनल ताइवान विश्वविद्यालय (एनटीयू) का वैज्ञानिकहरूले प्रकाश, विद्युत् र सूक्ष्म भौतिक बलहरूलाई संयोजन गरेर घाउ छिटो निको पार्ने र कम दाग बाँकी राख्ने नयाँ उपाय पत्ता लगाएका छन्। मटिरियल टुडेमा प्रकाशित अध्ययनले दीर्घकालीन घाउ उपचारमा नयाँ सम्भावना देखाएको छ।

मधुमेहका कारण हुने अल्सर वा दबाबका कारण हुने घाउजस्ता दीर्घकालीन घाउ विश्वभर लाखौं मानिसलाई प्रभावित गर्छन्। यी घाउहरू प्रायः सुन्निने, संक्रमण र रक्तसञ्चार कमजोर भएकै कारण निको हुँदैनन्। हाल प्रयोग हुने उपचार जस्तै पट्टी वा औषधिले घाउलाई सुरक्षित राख्छ तर शरीरको प्राकृतिक उपचार प्रक्रिया पुनः सुरु गर्न सक्दैन।

प्रोफेसर जोङ-हङ लिनको नेतृत्वमा गरिएको अनुसन्धानले भौतिक र रासायनिक संकेतहरूलाई संयोजन गरेर छालाको पुनर्जननलाई सक्रिय बनाउन सकिने देखाएको छ।

उनीहरुका अनुसन्धानमा उल्लेख भए अनुसार विद्युत् उत्तेजनाले कोषहरूको गति र ऊतक पुनःविकासलाई मद्दत गर्दछ । त्यस्तै, प्रकाश-ताप उपचार विधिले ब्याक्टेरिया नष्ट गर्ने र कोलाजेन उत्पादनलाई बढावा दिन मद्दत गर्दछ ।

नाइट्रिक अक्साइड, कार्बन मोनोअक्साइड र हाइड्रोजन सल्फाइडजस्ता ग्यासहरूले संक्रमण नियन्त्रण गर्न र नयाँ रक्तनली विकासलाई प्रोत्साहन दिन भूमिका खेल्ने अनुसन्धानमा उल्लेख छ।

यी सबै विधिहरूलाई सावधानीपूर्वक एकीकृत गर्दा शरीरको प्राकृतिक पुनर्जनन(रिजेनेरेसन)प्रक्रियासँग मिल्दोजुल्दो उपचार वातावरण तयार हुनेछ। यसले भविष्यमा स्मार्ट पट्टी (वेयरेवल स्मार्ट ड्रेसिङ) जस्ता नवीन विधिले घाउमा आवश्यक भौतिक तथा रासायनिक उत्तेजना नियन्त्रित गर्न मद्दत गर्नेेछ ।

“विभिन्न उपचार रणनीतिहरूलाई एउटै प्रणालीमा संयोजन गरेर हामी शरीरलाई अझ प्रभावकारी रूपमा निको पार्न र कम दाग बाँकी राख्न मद्दत गर्ने लक्ष्य राखेका छौँ,” एनटीयूका जैव-इन्जिनियरिङका प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक जोङ-हङ लिनले भने।

उनले यस अनुसन्धानले दीर्घकालीन घाउ उपचारलाई निष्क्रिय सुरक्षा प्रणालीबाट सक्रिय पुनर्जननमा रूपान्तरण गर्ने दिशामा महत्वपूर्ण कदम चालेको बताए। 

यो पनि पढ्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

×