खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

समरकान्द । युनेस्कोको साधारण सम्मेलनले १७४ मतमध्ये १७२ मतका साथ  इजिप्टका खालेद एल-एनानीलाई संगठनको महानिर्देशकको रूपमा निर्वाचित भएको छ । नयाँ महानिर्देशकले नोभेम्बर १५ मा २०१७ देखि यो पदमा रहेकी अड्रे अजौलेको उत्तराधिकारी बन्नेछ। 

सन् १९७१ मा जन्मिएका खालेद अहमद एल-एनानी अली एज एक इजिप्टोलोजिस्ट र हेल्वान विश्वविद्यालय (इजिप्ट) मा इजिप्टोलोजीका प्राध्यापक हुन् । उनले ३० वर्षभन्दा बढी समयदेखि अध्यापन गर्दै आएका छन्। 

त्यस्तै,  उनले पर्यटन र आतिथ्य संकायका उपाध्यक्ष, खुला सिकाइ केन्द्रका निर्देशक र टुर गाइड विभागका प्रमुखको रूपमा काम गरिसकेका छन्। उनले पल-भ्यालेरी मोन्टपेलियर ३ विश्वविद्यालय (फ्रान्स) बाट इजिप्टोलोजीमा पीएचडी गरेका थिए । 

उनले इजिप्टियन सभ्यताको राष्ट्रिय संग्रहालय (२०१४-२०१६) र कायरोमा रहेको इजिप्टियन संग्रहालय (२०१५-२०१६) को नेतृत्व गरिसकेको छ। सन् २०१६ देखि २०२२ सम्म उनले पुरातन वस्तु मन्त्री र त्यसपछि अरब गणराज्य इजिप्टको पर्यटन तथा पुरातन वस्तु मन्त्रीको रूपमा काम गरेका थिए।

उनी धेरै अन्तर्राष्ट्रिय विद्वान समाजहरूको सदस्य हुनुहुन्छ। नोभेम्बर २०२४ मा, उनलाई विश्व पर्यटन संगठनद्वारा सांस्कृतिक पर्यटनको लागि विशेष राजदूत नियुक्त गरिएको थियो । हालसालै, अफ्रिकी विश्व सम्पदा कोषको संरक्षक पनि  हुन उनी। उनीसँग धेरै अन्तर्राष्ट्रिय विशिष्टताहरू छन्। उनी अरबी, फ्रान्सेली र अंग्रेजी भाषामा पोख्त छन् ।

विजयीपछि खालेद एल-एनानी युनेस्कोका १२ औं महानिर्देशक भएका छन्। उनी अरब देशका पहिलो महानिर्देशक हुन् । सेनेगलका अमादौ महतर म्बो (१९७४-१९८७) पछि यो पद धारण गर्ने अफ्रिकाका दोस्रो व्यक्ति भएको युनेस्कोले जनाएको छ। 

नवनिर्वाचित महानिर्देशक एल-एनानीले १५ नोभेम्बरमा चार वर्षको कार्यकालको लागि पदभार ग्रहण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

कृषि विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने

दीर्घकालीन घाउ उपचारमा नयाँ आशा

बिजुली चम्काइ पूर्वानुमान उपकरणले भविष्यमा विमान थप सुरक्षित हुने

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

×