ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

काठमाडौँ । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाका स्वास्थ्यचौकीहरूमा नवजात शिशुको जीवन रक्षाका लागि आवश्यक बेबी वार्मर मेसिन उपलब्ध गराएको छ। ग्रामीण क्षेत्रमा सुरक्षित प्रसूति सेवा सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्ना शाखा नभएका स्थानहरूमा समेत जीवनरक्षक स्वास्थ्य उपकरण वितरण गर्दै आएको छ।

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित यस अभियानअन्तर्गत बझाङको मष्टा गाउँपालिका–२ स्थित मष्टा स्वास्थ्यचौकी, खप्तडछान्ना गाउँपालिका–५ स्थित कालुखेती स्वास्थ्यचौकी, बाजुराको त्रिवेणी नगरपालिका–३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा अछामको रामारोशन गाउँपालिका–६ स्थित भाटाकाटियाँ स्वास्थ्यचौकीमा बेबी वार्मर जडान गरिएको हो।

उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्यचौकीका पदाधिकारी, स्थानीय सरोकारवाला तथा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा विशेषज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको बैंकले जनाएको छ।

ज्योति विकास बैंकले विगतमा देशभरका विभिन्न अस्पताल, स्वास्थ्यचौकी तथा बर्थिङ सेन्टरहरूमा ६२ वटा बेबी वार्मर उपलब्ध गराइसकेको छ। यसमार्फत हरेक वर्ष करिब २,२९४ भन्दा बढी नवजात शिशु लाभान्वित हुँदै आएका छन्। हालसम्म करिब ११,४७० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएको बैंकले जनाएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजप्रति उत्तरदायी बनेको ज्योति विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई सधैं प्राथमिकतामा राखेको बताएको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी तथा सरोकारवालाको हितमा योगदान पुर्याउने प्रतिबद्धता बैंकले दोहोर्याएको छ।

गत आर्थिक वर्षमा मात्र बैंकले राष्ट्रप्रतिआफ्नो दायित्व पूरा गर्दै करिब रु. ४१ करोड कर तिरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

रुससँग विज्ञान कूटनीति मार्फत सहकार्य गर्न सरकार चुकेको छ: विज्ञ

निजी क्षेत्रमाथि आक्रमण अस्वीकार्य, पुनर्निर्माणका लागि सरकारसँग सहकार्य गर्न महासंघको आग्रह

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

×