२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

काठमाडौं। बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न २९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक जितेको छ।

सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि पदक जितेका हुन्। सो ओलम्पियाड ढाकामा २०८२ कार्तिक २० देखि २९ सम्म सञ्चालन भएको थियो ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागिता जनाउँदै आएको छ। यसअघि नेपालले सन् २०१९, २०२३ तथा २०२५ मा पनि कास्य पदक जितेको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।

नासोका अध्यक्ष भट्टराईका अनुसार अन्तर्राष्ट्रिय खगोल ओलम्पियाड सहभागी हुन पू्र्व नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आयोजना गर्दछ। सो राष्ट्रिय ओलम्पियाडमा छनोटमा परेका उत्कृष्ट विद्यार्थीले मात्र अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुन पाउनेछन् । नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सन् २०१४ बाट सुरु गरिएको हो ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड के हो?

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो जसले प्रारम्भिक स्तरमै प्रतिभा पहिचान गर्ने उद्देश्य राख्छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सिफारिस गरिन्छ।

सन् २०१४ देखि सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत हालसम्म ३ हजार भन्दा बढी विद्यार्थीले आफ्नो क्षमता परीक्षण गरिसकेका छन्। उत्कृष्ट ठहरिएका विद्यार्थीहरु देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत छन्।

यो प्रतियोगिता कक्षा ८ देखि १२ मा अध्ययनरत १३–२० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरिएको हो। जुनियर तथा सिनियर विधामा विभाजन गरी सातै प्रदेशमा छनौट परीक्षा सञ्चालन गरिन्छ र उत्कृष्ट विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

×