सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

भक्तपुर । सिद्धि स्मृति महिला तथा बालबालिका अस्पतालले महिलाको स्वास्थ्य र बालबालिकाको स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान गर्दै आएको जनाएको छ।

मंगलबार जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरूसँग अस्पतालले आफ्ना अनुसन्धान प्रतिवेदनबारे छलफल गर्दै समुदायमा आधारित अध्ययनहरू विशेष रूपमा महिलाहरू र बालबालिकामाथि केन्द्रित रहेको जानकारी दिएको हो।

बालरोग विशेषज्ञ तथा अस्पतालअन्तर्गत बालस्वास्थ्य अनुसन्धान परियोजनाका प्रमुख डा. रामकृष्ण चन्द्योले शिक्षण अस्पताल, महाराजगञ्जसँग सहकार्य गर्दै निरन्तर अनुसन्धान भइरहेको बताए। हालै अस्पतालले ६ देखि ११ महिनासम्मका बालबालिकामा देखिने रोगहरूबारे अध्ययन सम्पन्न गरेको र ४ सय गर्भवती महिलाको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरेको उनले जानकारी दिए।

ताजा अनुसन्धानपछि अस्पतालले जिल्लाका विभिन्न विद्यालयमा साना बालबालिकासँग प्रत्यक्ष काम गर्ने शिक्षकहरूसँग छलफल गरेको थियो। यस क्रममा एकदिने कार्यशाला आयोजना गरी बालस्वास्थ्यबारे विस्तृत विचार–विमर्श गरिएको थियो।

समाजसेवी श्यामसुन्दर धौँधेलको एक मात्र छोरा सिद्धि सुन्दर धौँधेलको सवारी दुर्घटनामा असामयिक निधन भएपछि उहाँले छोराको स्मृतिमा अस्पताल र वृद्धाश्रम स्थापना गर्नुभएको हो। आज ती संस्थाहरूले हजारौँ बालबालिका तथा वृद्ध नागरिकलाई सेवा पुर्‍याइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

×