प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापनादेखि लामो समयसम्म नेतृत्व गर्नु भएका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ।

मानन्धरले सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रूपमा सेवायात्रा सुरु गरेका थिए। त्यसपछि उनले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषिविकास बैंक लिमिटेडको प्रथम श्रेणी विभागीय प्रमुख तथा नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष तथा नेपाल बङ्गलादेश बैंक लिमिटेड हुँदै अन्ततः प्राइम कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा रहेर सेवामुक्त हुनु भएको थियो।

नेपालको आर्थिक तथा बैंकिङ इतिहासमा मानन्धरले निर्वाह गर्नुभएको योगदान असाधारण मानिन्छ। उनको निधनले देशको वित्तीय क्षेत्रले एक महत्वपूर्ण व्यक्तित्व गुमाएको छ।

प्राइम कमर्सियल बैंक परिवारले एक विज्ञप्ति जारी गर्दै उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक व्यक्त गरेको छ। साथै, यस दुःखद घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न परमेश्वरसँग प्रार्थना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

×