विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

काठमाडौं, मंसिर २५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वत संरक्षण र जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रचण्डले शुभकामना सन्देशमा पर्वतलाई प्रकृतिको अमूल्य धरोहर भन्दै जल, वन, जैविक विविधता तथा लाखौँ मानिसको जीविकोपार्जन पर्वतसँग जोडिएको स्पष्ट पारे। उनले भने, “जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ, जसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखिएको छ।”

यस वर्षको पर्वत दिवसको मूल विषय “हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व राख्छन्” रहेको उल्लेख गर्दै उनले नेपालजस्ता पर्वतीय राष्ट्रहरू जलवायु संकटको अग्रपङ्क्तिमा रहेको बताए। हिमनदी पग्लनु, नदीहरूको अस्थिर प्रवाह र करोडौँ मानिसको जीवनमा जोखिम पैदा हुनु आजको यथार्थ भएको उनको भनाइ छ।

उनले आफ्नो नेतृत्वमा सरकार रहँदा पर्वतीय पारिस्थितिकी र जलवायु परिवर्तनका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डामा प्रमुख रूपमा उठाइएको स्मरण गरे। ‘पर्वत, मानिस र जलवायु’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमार्फत हिमालय क्षेत्रका देशहरूबीच ‘एकताबद्ध पर्वतीय आवाज’ निर्माण गर्न पहल गरिएको र कोप–२८ मा नेपालले जलवायु न्यायको विषय सफलतापूर्वक सम्बोधन गराएको उनले बताए।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई उनले अत्यन्त महत्वपूर्ण र प्रेरणादायी भएको उल्लेख गर्दै पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गर्न नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गरिरहेको जानकारी दिए।

अन्त्यमा, प्रचण्डले विश्व पर्वत दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि नयाँ ऊर्जा र सङ्कल्प प्रदान गर्ने विश्वास व्यक्त गर्दै प्रत्येक नेपाली नागरिकले स्वच्छ, सुरक्षित र दिगो पर्वतीय वातावरणमा सम्मानजनक जीवन बाँच्न पाउने आधार सुनिश्चित होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

गायक सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज 

×