
भक्तपुर । विद्यालय तहका विद्यार्थीका लागि भौतिक शास्त्रीय आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न भएको छ।
काठमाडौँ वर्ल्ड स्कुलले इन्स्टिच्युट अफ फिजिक्स (आइओपी), नेपाल भौतिक शास्त्र समाज, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस, प्यावसन सूर्य विनायक र डायनामिक एडुकेशन गठ्ठाघरसँग सहकार्य गरी दुई दिने कार्यशाला आयोजना गरिएको हो।
मङ्सिर २७ र २८ गते सञ्चालन भएको कार्यशालामा सूर्य विनायक नगरपालिका भक्तपुरका विद्यालयमा कक्षा ९ र १०मा अध्ययनरत ७० विद्यार्थी समावेश गरिएको आयोजकले जनाएको छ।
विद्यार्थीहरूले पिएच मिटरको उपयोग, वायु प्रदूषण मापन गर्ने प्रविधि, माइक्रो प्लास्टिक प्रविधि, भूकम्पीय प्रविधि, सवारी साधनको गणना तथा सडक सुरक्षा प्रविधि, ध्वनि तरङ्गबाट सङ्गीत बनाउने प्रविधि र पहिरो रोकथामको विज्ञानजस्ता मुख्य विषयमा प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणपश्चात् विद्यार्थीहरूले समूहगत रूपमा प्रस्तुति दिएका थिए।
भौतिकशास्त्रले पूर्वानुमान, इन्जिनियरिङ र प्रविधि, दैनिक जीवनका समस्या, ट्राफिक गणना, मोबाइल जिपिएस र खानाका परिकारजस्ता कुराहरूमा सहजीकरण गर्ने हुँदा विज्ञहरूले व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षा हुन पर्ने जोड दिएका छन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) प्रविधि संकायका प्रमुख डा. सुरेशकुमार ढुङ्गेलले दैनिक जीवनमा प्रयोग भइरहेका उपकरण तथा भौतिकशास्त्रका सिद्धान्त बुझ्न सहयोगी कार्यशालाले विद्यार्थीको ज्ञानको दायरा फराकिलो भएको बताए । उनले भने, “कक्षा ९का विद्यार्थीहरूको समूहले भूकम्पीय जोखिमबाट बच्ने नमुना प्रदर्शन गरेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।”
अल्बर्ट आइटाइन, निकलस टेस्ला, थोमस एल्बा एडिसन र अलन मस्कको विद्यार्थीमाझ चर्चा गर्दै उनले भने, “विज्ञानमा रुचि सधैँ बनाइरहन पर्दछ। जसले नवप्रवर्तन गर्न सफल तुल्याउनेछ।”
अल्बर्ट आइटाइन, निकलस टेस्ला, थोमस एल्बा एडिसन र अलन मस्कको विद्यार्थीमाझ चर्चा गर्दै उनले भने, “विज्ञानमा रुची सधै बनाइरहन पर्दछ। जसले नवप्रवर्तन गर्न सफल तुल्याउनेछ।”
“हामी गरिब हौला, हाम्रो राष्ट्र अरू देश भन्दा पछाडि होलान्, तर विज्ञान र वैज्ञानिक सोच राख्न पछि पर्न हुँदैन,” उनले भने, “यदि हामीले भौतिक शास्त्रीय दृष्टिकोण राखियो भने जीवनमा पछि परिँदैन।”
नेपाल फिजिकल सोसाइटीका अध्यक्ष प्रा.डा. प्रदीपकुमार भट्टराईले प्राचीन समयदेखि मानिसले खगोलीय अवलोकनसँगै भौतिक विज्ञानको विकास गरेको बताए । उनले भने, “अहिले भौतिक विज्ञानले धेरै नवीनतम खोज र मानव हितका लागि उपयोगी उपकरण विकास गरिसको छ।”
“विद्यार्थीहरूका लागि भौतिकशास्त्र ओलम्पीयाड सोसाइटीले सञ्चालन गर्दै आएका छ, ओलम्पीयाडमा राम्रा भएका विद्यार्थी प्रायः सबै विदेशी विश्वविद्यालयमा अध्ययन गरिरहेका छन्, “सोसाइटीका अध्यक्ष भट्टराईले भने । उनले भौतिकशास्त्र व्यवहारिक विज्ञान भएको जनाए।
काठमाडौँ वर्ल्ड स्कुलका विभागीय प्रमुख गौरव शर्माले धर्तीमा मानिस आएपछि जानेर वा नजाने विज्ञानलाई बुझ्ने तथा दैनिक जीवनमा प्रयोग गरिरहेको बताए । “म बोलिरहेको छु, यो पनि एक विज्ञान हो, मेरो आवाजलाई ठुलो बनाउने काम माइकले गरिरहेका छन्, यसमा देन भौतिक विज्ञानको छ,” उनले भने।

कार्यशाला संयोजक रिजेन्द्र थापाले भौतिकशास्त्रमा अंकगणितीय सीपले हामीलाई वास्तविक संसारका समस्याहरूको समाधान खोज्न कसरी मद्दत गर्छ भन्ने सिकाइएको बताए । उनले भने, “नेपालमा स्कुलका विद्यार्थीका लागि यस किसिमको कार्यक्रम कम देखिएको हुँदा हामीले विभिन्न संस्थासँगको सहकार्यमा दुई दिने कार्यशाला आयोजना गरिएको हो।”
यस कार्यशाला पश्चात् विद्यार्थीहरूको सोच्ने तथा भौतिकशास्त्र बुझ्ने तौल तरिकामा फरक आउने उनको भनाइ छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) बागमति प्रदेश उपाध्यक्ष सानुराजा कार्की, प्याप्सन भक्तपुर जिल्लाका अध्यक्ष राजन कसपाल, ख्वप इन्जिनियरिङ कलेजका भाइस प्रिन्सिपल डा. सुवेक विजुच्छे र डायनामिक एडुकेशन गठ्ठाघरका निर्देशक रमा कार्कीलगायतको उपस्थिति रहेको थियो।


Leave a Reply