|
Getting your Trinity Audio player ready…
|

अबुधाबी/जेनेभा, पौष २७ । सन् २०२४ मा नवीकरणीय ऊर्जा क्षेत्रमा रोजगारी हल्का मात्र बढेको छ । यद्यपि नविकरणीय जडान उच्च हुँदासमेत रोजगारीको वृद्धि सुस्त देेखिएको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को पछिल्लो प्रतिवेदनले जनाएको छ।
‘रेनुयवल इनर्जी एण्ड जब्स एनुअल रिभ्यू २०२५’ अनुसार सन् २०२३ को तुलनामा २.३ प्रतिशत मात्र रोजगारी बढेर १६ लाख ६ हजार पुगेको छ। भू-राजनीतिक तनाव, आर्थिक असन्तुलन र बढ्दो स्वचालनले श्रम बजारलाई पुनः आकार दिइरहेको प्रतिवेदनमा भनिएको छ।
विश्व कुलको ४४ प्रतिशत ७३ लाख रोजगारी सिर्जना रोजगारी सृर्जना गर्दै चीन अझै अग्रणी स्थानमा छ। युरोपेली संघ १८ लाख रोजगारीमा स्थिर रह्यो भने ब्राजिलमा १४ लाख रोजगारी थियो। भारत र अमेरिकामा वृद्धि क्रमशः १३ लाख र ११ लाखमा सीमित रह्यो।

आइरेनाका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराले भने, “नवीकरणीय ऊर्जा विस्तार तीव्र गतिमा भइरहेको छ, तर मानव पक्ष प्रविधि जत्तिकै महत्त्वपूर्ण छ।” उनले सरकारहरूलाई ऊर्जा तथा जलवायु नीतिहरूमा जनतालाई केन्द्रमा राख्न आग्रह गरे।
सौर्य ऊर्जा क्षेत्रमा सबैभन्दा ठुलो रोजगारी ७३ लाख रोजगारी थियो । यसमध्ये तीन चौथाइ एशियामा छन् । चीन एक्लैले मात्र ४२ लाख रोजगारुी कायम गरेका छन् भने तरल जैविक इन्धनले २६ लाख रोजगारी सिर्जना गर्यो, जलविद्युतले २३ लाख र बायु ऊर्जाले १९ रोजगारी कायम गरेका छन् ।
“संख्याभन्दा पर, प्रतिवेदनले समावेशीकरणको आवश्यकता औँल्याएको छ। महिला र अपाङ्गता भएका व्यक्तिहरू अझै पर्याप्त रूपमा प्रतिनिधित्व छैनन्,” आइएलोका महानिर्देशक गिल्बर्ट एफ. हुङ्बोले भने, “नवीकरणीय भविष्यतर्फको न्यायपूर्ण सङ्क्रमण समावेश, गरिमा र समान अवसरमा आधारित हुनुपर्छ।”

प्रतिवेदनले पहुँचयोग्य तालिम, समावेशी भर्ती अभ्यास र विविध प्रतिभालाई स्वागत गर्ने कार्यस्थलको माग गरेको छ। भेदभावपूर्ण अभ्यास र पुराना सामाजिक मान्यताहरूलाई त्याग्नुपर्ने चेतावनी दिइएको छ।
आइरेना र आइएलओद्वारा संयुक्त रूपमा तयार गरिएको पाँचौं संस्करण र वार्षिक समीक्षाको १२औँ संस्करण हो । यस वर्षको विशेष ध्यान नवीकरणीय ऊर्जा श्रम बजारमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशमा केन्द्रित छ।


Leave a Reply