|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, पुष ३० । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ।
त्यसैगरी, साधारणसभाले निर्वाचन कार्यक्रमअनुसार सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक रहनुभएको थियो।
साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने शेयरधनी तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले बैंकले विगतमा जस्तै आगामी दिनमा पनि सेवा विस्तार र शाखा सञ्जाल सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
उनले शेयरधनीलाई यथोचित तथा समयसापेक्ष प्रतिफल प्रदान गर्ने निरन्तरता कायम राख्नुका साथै ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकिङ सेवालाई अझ आधुनिक, सरल र प्रभावकारी बनाइने जानकारी दिए।


Leave a Reply