|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, फागुन २३। मंगल ग्रहलाई सुक्खा र प्रतिकूल मरुभूमि भनेर चिनिन्छ। तर यसको सतहमा भेटिएका पुराना भूगर्भीय प्रमाणहरूले यो ग्रह एक समय धेरै पानीयुक्त र गतिशील थियो। मंगलमा पानी कसरी हरायो भन्ने प्रश्न अझै पनि वैज्ञानिकहरूको लागि ठूलो चुनौती बनेको छ।
फेब्रुअरी २, २०२६ मा मम्यूनिकेशनस् अर्थ एण्ड इन्भायरोमेन्टमा प्रकाशित एक नयाँ अध्ययनले यस रहस्यलाई बुझ्न महत्वपूर्ण प्रगति गरेको छ। अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले पहिलोपटक उत्तरी गोलार्धको गर्मीमा भएको एक असामान्य तर स्थानीय धुलो आँधीले पानीलाई माथिल्लो वायुमण्डलसम्म पुर्याएको उल्लेख गरेको छ।
“यस प्रकारको आँधीले ग्रहको जलवायु विकासमा प्रभाव पार्छ र मंगलले कसरी आफ्नो पानी गुमायो भन्ने बुझ्न नयाँ बाटो खोल्छ,” इन्स्च्टिटूटो डी एस्ट्रोफिसिका डी एन्ड्रोफसिया स्पेनकाका अनुसन्धान सह-लेखक एड्रियन ब्रिनेसले बताए।
यसअघि धुलो आँधीलाई पानीको ह्राससँग जोडिएको भए पनि ध्यान प्रायः ठूलो, ग्रहव्यापी आँधीमा केन्द्रित थियो। तर यो अध्ययनले साना क्षेत्रीय आँधीहरूले पनि पानीलाई उच्च उचाइमा पुर्याउन सक्ने देखाएको छ, जहाँबाट पानी सजिलै अन्तरिक्षतर्फ हराउन सक्छ।
अनुसन्धानले मंगल वर्ष ३७ (पृथ्वीमा २०२२–२०२३) को उत्तरी गर्मीमा वायुमण्डलको मध्य तहमा पानीको मात्रा सामान्यभन्दा १० गुणा बढी भएको पत्ता लगाएको छ। त्यसपछि हाइड्रोजनको मात्रा पनि उल्लेखनीय रूपमा बढेको थियो। पानी वायुमण्डलमा विघटन हुँदा हाइड्रोजन सजिलै अन्तरिक्षतर्फ निस्कन्छ, जसले ग्रहले कति पानी गुमाएको हो भन्ने बुझ्न मद्दत गरकेो छ।
“यी नतिजाले देखाउँछन् कि छोटा तर तीव्र घटनाहरूले पनि मंगलको जलवायु विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्,” टोक्यो विश्वविद्यालय तथा टोहोकु विश्वविद्यालयका सह-लेखक शोहेई आओकीले निष्कर्ष निकाले।
यो अध्ययन युरोपेली अन्तरिक्ष एजेन्सीको एक्सो मार्स मिशनको ट्रेस ग्यास अर्बिटर (टीजीओ) र यसको नोम्याड उपकरण, नासाको मार्स रिकोनिसेन्स अर्बिटर (एमआरओ) तथा संयुक्त अरब इमिरेट्सको एमिरेट्स मार्स मिशन (इएमएम) लगायत विभिन्न मिशनका तथ्याङ्कमा आधारित छ।


Leave a Reply