|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, फागुन ०८ । यामाहा नेपालले १४ फेब्रुअरीमा आफ्नो आधिकारिक ब्लु स्ट्रिक्स समुदायका लागि विशेष जर्सिङपौवा राइड आयोजना गरेको छ। यस रोमाञ्चक यात्रामा एमटी-१५ र आर १५ मोडेलका ३५ जना राइडरहरू सहभागी भए।
कार्यक्रममा आर-१५ १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा ६ पटक विजेता बनेकी महिला रेसर वर्षा बस्नेत र नेपाल रोड रेसिङ च्याम्पियनसिपको राष्ट्रिय वर्गमा दुई पटक विजेता श्रीहरि पौडेलकाे पनि सहभागी थिए । उनीहरूले सहभागी राइडरहरूसँग अनुभव, अनुशासन र सुरक्षित राइडिङका व्यावहारिक सुझावहरू दिएका थिए ।
यामाहा नेपालले यस्ता कार्यक्रममार्फत राइडरहरूलाई साहसिक यात्रा, ज्ञान आदान–प्रदान र भाइचारामा जोड्ने अवसर प्रदान गर्दै आएको छ।

Leave a Reply