|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, फागुन १०। राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा फोटोपत्रकार प्रदीपराज वन्त पुरस्कृत भएका छन् । सो अवसरमा उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रदान गरे। सो पुरस्कार अन्तर्राष्ट्रिय समाचार शाखाका उपसम्पादक दिलीप शर्मालाई पनि प्रदान गरिएको थियो।
डेढ दशकदेखि राससमा कार्यरत वन्तले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा फोटोपत्रकारितामार्फत योगदान दिँदै आएका छन्। उनी हाल निर्वाचन आयोगका आधिकारिक फोटोग्राफर हुनुका साथै राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्षका रूपमा सक्रिय छन् ।
त्यस्तै, ‘रासस पत्रकारिता पुरस्कार’ पवित्रा गुरागाईं र रेश्मा शाक्यलाई प्रदान गरिएको छ भने ‘उमाकान्त गीतादेवी चन्द्रमणि रजौरे स्मृति पुरस्कार’ टेकराज पोखरेललाई दिइएको छ।
महासङ्घ रासस शाखाले पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई सम्मान गरेको छ। सेवाग्राही शाखाका सहायक प्रशासक मुना भण्डारी र चालक कुमार दङ्गाललाई कर्मचारी युनियनले पुरस्कृत गरेको छ। ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ सिद्धराज भट्ट र गौरी कारञ्जितलाई प्रदान गरिएको छ।
राससले वार्षिकोत्सवका अवसरमा संस्थागत विकास, पेशागत उत्कृष्टता तथा जिम्मेवार पत्रकारितामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको जनाएको छ।

Leave a Reply