|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, चैत ४। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले अघि सारेका दीर्घकालीन परियोजनामा कोषले लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा मन्तव्यकाेक्रममा उनले बुढीगण्डकी जलविद्युत आयोजना जस्ता परियोजनामा कोषसहित अन्य संस्थाले पनि लगानी गर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री खनालले कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको उल्लेख गर्दै दोहोरो कर हटाउनुपर्ने आवश्यकता औँल्याए । उनले १५–२० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै, यसले तरलता व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। साथै, सार्वजनिक–निजी साझेदारीमार्फत कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी बढाउन सकिने धारणा राखें ।
कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले स्थापना कालदेखि निरन्तर नाफामा सञ्चालन, फरक–फरक योजनाको विस्तार, सहभागी संख्यामा वृद्धि कोषको सफलताको आधार भएको बताए । उनले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले सात वटा योजना सञ्चालन गरिरहेको र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमार्फत फन्ड विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । ब्याजदरमा आएको गिरावटले आम्दानी प्रभावित भएको उल्लेख गर्दै उनले करसम्बन्धी अन्यौलता हटाउन सरकारसँग आग्रह गर्नुभयो।
सो अवसरमा कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेलले कर्मचारीको सेवा सुविधा र वृति विकासमा ध्यान दिनुपर्ने बताए। त्यस्तै, कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापाले कर सहुलियतको व्यवस्था र करार कर्मचारीलाई अवसर दिनुपर्ने माग गरें ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा जेनजी आन्दोलनबाट नागरिक लगानी कोषको भवन सुरक्षा गर्न सफल भएको भन्दै कार्यलय परिसरका सुरक्षाकर्मीलाई सम्मान गरिएको थियो।

Leave a Reply