|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, चैत १३ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो मोबाइल एप ‘आरबीबी डिजिटल सन्सार’ मार्फत सहज रूपमा प्रयोग गर्न सकिने ‘आरबीबी फोनलोन’ सेवा सुरु गरेको छ। बैंक र फोनलोन प्रा.लि.बीच भएको सम्झौताअनुसार यो डिजिटल ऋण सुविधा कार्यान्वयनमा आएको हो।
यस सेवामार्फत ग्राहकले बिना धितो, बिना कागजी प्रक्रिया, बैंकमा भौतिक उपस्थित नभई हाललाई एक लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। सुविधा विशेषगरी तलबी खाता भएका ग्राहकलाई खातामा भएको कारोबारका आधारमा उपलब्ध हुनेछ।
आवेदन दिनका लागि ग्राहकले आफ्नो खातामा रजिष्टर्ड मोबाइल बैंकिङ्ग सुविधा अन्तर्गत ‘आरबीबी डिजिटल सन्सार एप’ प्रयोग गर्नुपर्नेछ। आवेदन स्वीकृत भएपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा उपलब्ध गराउनेछ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२६ एटिएम र ९९ शाखा रहित बैंकिङ्गमार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

Leave a Reply