|
Getting your Trinity Audio player ready…
|

काठमाडौं,चैत १३ । नेपालमा अथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले आज नयाँ इलेक्ट्रिक स्कुटर अथरको रिज्टा ‘एस’ सार्वजनिक गरेको छ। गत वर्ष सार्वजनिक भएको अथरको रिज्टा ‘जेठ’ को सफलतापछि लाइन-अपलाई थप मजबुत बनाएको जनाएको छ।
कम्पनीले पहिलो १५० ग्राहकका लागि २० हजार छुटको अफर उपलब्ध गराएको छ । जसअनुसार रिज्टा ‘एस’ को प्रभावकारी मूल्य २ लाख ७४ हजार ९ सय ९९ पर्नेछ ।
कम्पनीका सिइयो सुर्यांश वैद्याले भने, “रिज्टा एस लाई प्रत्येक नेपाली परिवारका लागि इलेक्ट्रिक मोबिलिटीलाई सरल, व्यवहारिक र पहुँचयोग्य बनाउन डिजाइन गरिएको हो। यसको डिजाइन, प्रदर्शन र अथर एसुरेन्स प्याकेजले ग्राहकहरूको वास्तविक चिन्तालाई सम्बोधन गर्नेछ।”
कम्पनीका अनुसार रिज्टा एस मा २.७ किलो वार्ट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १२३ किलोमिटरको आइडीसी रेन्ज प्रदान गर्छ। यस स्कुटरले ४.३ किलो वार्टको पीक पावर उत्पादन गर्ने क्षमता राख्छ भने २२ न्यूटन मिटर टर्क उपलब्ध गराउने जनाएको छ ।
यसको अधिकतम गति ८० किलो प्रतिघण्टा सम्म पुग्नेछ । स्कुटरले ० देखि ४० किलो प्रतिघण्टा सम्मको गति ४.७ सेकेन्डमै हासिल गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै यसमा फराकिलो सिट, ठूलो स्टोरेज स्पेस र प्रशस्त फुटबोर्ड सुविधा दिइएको छ। साथै, सुरक्षाका लागि अटो होल्ड, फल सेफ र आकस्मिक स्टप सिगनल जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ।
यी प्राविधिक विवरणहरूले रिज्टा ‘एस’ लाई नेपाली बजारमा परिवार र दैनिक यात्रुहरूका लागि उपयुक्त इलेक्ट्रिक स्कुटरको रूपमा प्रस्तुत गरेको बताइएको छ ।
अथर एसुरेन्सको प्याकेज उपलब्ध
नेपालमा सार्वजनिक गरिएको अथर रिज्टा ‘एस’ लाई थप आकर्षक बनाउन कम्पनीले अथर एसुरेन्सको प्याकेज उपलब्ध गराएको छ। यसले ग्राहकलाई दीर्घकालीन भरोसा, सजिलो चार्जिङ सुविधा र भरपर्दो सेवा अनुभव दिलाउने उद्देश्य राखिएको छ।
कम्पनीका अनुसार, अथर रिज्टा ‘एस’ मा जडान गरिएको ब्याट्रीमा ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टी दिइएको छ। यो सुविधा ५ वर्ष वा ६०,००० किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, नेपालभर ३५ वटा सार्वजनिक फास्ट चार्जर स्थापना गरिएको छ, जुन दुई-पहिया इलेक्ट्रिक सवारीका लागि सबैभन्दा ठूलो नेटवर्क मानिन्छ। ग्राहकहरूले १ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन्।
कम्पनीका अनुसार देशभर रहेका अथर एक्सपियरियन्स सेन्टरमा सीमित अवधिका लागि वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुट दिइएको छ । वैद्य इनर्जीले यी सुविधाले ‘रिज्टा एस’ लाई नेपाली बजारमा इलेक्ट्रिक स्कुटर अपनाउन चाहने ग्राहकका लागि व्यवहारिक र भरपर्दो विकल्पको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply