|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, चैत १६ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले आफ्नो विस्तारित उम्मेदवारी घोषणा गरेको छ।
आज राजधानीमा आयोजित घोषणा सभामा श्रेष्ठले आफ्ना १७ जनाको समूहसहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।
श्रेष्ठले भने, “हाम्रो समूहले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी उम्मेदवारी दिएको छ। यसले महासंघलाई अझै समावेशी र प्रभावकारी बनाउन मद्दत गर्नेछ।”
उनले आफ्नो समूहमा कृषि, पर्यटन, निर्यात, पुँजी बजार, खाद्यान्न, सूचना प्रविधि, घरजग्गा व्यवसाय र जलविद्युतलगायतका क्षेत्रलाई समावेश गरिएको जानकारी दिए।
श्रेष्ठ समूहले वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाललाई प्रस्ताव गरेको छ भने महिला तर्फ उपाध्यक्ष पदमा कमला श्रेष्ठलाई अघि सारेको छ।
यसैगरी सदस्य पदमा संघको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र सङ्ग्रौला, दुर्गाप्रसाद सुवेदी, नीराजनबहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बन्जाडे र विप्लव अधिकारी रहेका छन्।
महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै सदस्य पदमा सुनैना घिमिरे पाण्डे र सुधीर पराजुलीलाई प्रस्ताव गरिएको छ।
यससँगै आगामी निर्वाचनमा विभिन्न समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै महासंघको नेतृत्वमा योगदान गर्ने तयारी गरेका छन्।

Leave a Reply