|
Getting your Trinity Audio player ready…
|

काठमाडौँ, चैत ३० । कोका-कोला नेपालले बहुप्रतीक्षित फिफा विश्वकप २०२६ अभियानको औपचारिक शुभारम्भ गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा खेलकुद तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा कोका-कोला नेपालको नयाँ ब्रान्ड एम्बासडरको घोषणा गरियो। साथै, फिफा विश्वकप २०२६ सम्बन्धी अडियो–भिजुअल सामग्री प्रस्तुत गरिनुका साथै छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका-कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको थियो।
बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनाले भने, “यो अभियान फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास हो। विशेष कोका-कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं। यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुशीका क्षणमा कोका-कोलाको भूमिका अझ बलियो बनाउनेछ।”
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली चलचित्रका अभिनेता प्रदीप खड्कालाई नयाँ ब्रान्ड एम्बासडर घोषणा गरियो। उनले कोका-कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।
त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए। उनीहरूले स्टेजमा आफ्नो अनुभव र फुटबलले ल्याउने खुशीबारे विचार व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ सार्वजनिक गरियो। साथै, कोका-कोलाको आधिकारिक गीत (एन्थेम), फिफा विश्वकप टिभीसी तथा अन्य प्रचार सामग्री पनि प्रदर्शन गरियो।
कोका-कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो। यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोका-कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ। नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको छ।
यस अभियानको उद्देश्य विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्ने जनाएको छ ।

Leave a Reply