2025-07-01

‘हिमालयन जेम्स’को बेवास्ता ?

Gole-Nuggetकाठमाडौं– नेपालमा खनिज उत्खननको इतिहास लामै भए पनि व्यावसायिक उपयोग न्यून छ । स्वदेशमै बहुमूल्य पत्थर प्रशोधनको व्यवस्था नहुँदा त्यसको न्युन रूपमा प्रयोग भएको भूगर्भविद्हरूले बताएका छन् ।

बेलायत, जापान जस्ता देशमा ‘हिमालयन जेम्स’ भनेर चिनिएको बहुमुल्य पत्थरको प्रशस्त बजार भए पनि सो अनुसार काम गर्न जनशक्ति तथा प्राविधिक कुरामा सरकारको ध्यान जान नसकेको देखिन्छ । तर, खानी तथा भूगर्भ विभागले आफ्नै छुट्टै प्रशोधन गर्नेभन्दा पनि निजी कम्पनीलाई सहजीकरण गर्न प्रयास गरेको जनाएको छ ।

‘विक्रम संवत् १९४२ ताका बहुमूल्य पत्थर पाइने स्थानको ‘आधार नक्सा’ तयार पार्न लागिपरेका भूगर्भविद् रमेशकुमार अर्यालले हिमाली पत्थर भन्नेबित्तिकै विदेशी मानिसको छुट्टै आर्कषण‚ छुट्टै व्यापारिक पहिचान तथा सम्भावना भएको बताउँछन् । उनी भन्छन्‚ ‘हिमालयन जेम्स भन्दा यसको छुट्टै सुन्दरता छ । विदेशीको छुट्टै चाहना हुन्छ ।’ उनका अनुसार जापानी नागरिकहरू हिमालयन जेम्स भन्नेबित्तिकै हुरुक्कै हुन्छन् । उनी भन्छन्‚ ‘योसँगै सुन्दरताले गर्दा मानिसहरूले ‘नेपाली जेम्स’लाई रुचाएको मानिन्छ । उच्च घरानाले प्रयोग गर्ने हुँदा यसको यसको ‘ट्रेड मार्क’ भएकोले सम्भावना अधिक हुनसक्छ ।

भूगर्भविद् रमेशकुमार अर्याल भन्छन्, ‘अहिलेसम्म खानी विभागसँग बहुमुल्य पत्थरको अध्ययन गरेको एकजना पनि विशेषज्ञ छैनन् ।’ त्यस्तै‚ बहुमूल्य पत्थरको व्यापार राम्रै भए पनि सरकारीस्तरबाट यसको प्रशोधन गर्न सकेको छैन । उत्खनन तथा प्रशोधनका लागि भनेर अर्धकिम्ती पत्थरमा लाइसेन्स प्राप्त २५ वटा निजी कम्पनीले काम गरिरहेका खानी विभागले जनाएको छ । तर, त्यसको अनुगमन तथा राम्रो व्यवस्थापन गर्ने हो भने देशलाई आर्थिक रुपमा अधिक लाभ हुने देखिन्छ ।

नेपालमा लगानी गर्नेबित्तिकै प्रतिफलको खोजी गर्ने प्रवृत्तिले अन्योलमा भएको देखिन्छ । बहुमूल्य पत्थरको जस्ता क्षेत्रमा गरिएको लगानीको प्रतिफल तुरुन्त हुँदैन । ‘तर, लगानी गर्न सकेमा लामो समयसम्म आम्दानी दिइरहन्छ,’ अर्याल भन्छन् ।

तर, खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल भन्छन्‚ ‘दुई वर्षअघि तत्कालीन सरकारले बहुमूल्य पत्थर भारतका बजारमा कौडीको भाउमा बेचिएको चाल पाएपछि खानीबाट सिँधै कच्चा पदार्थ विदेशीलाई बेच्न रोक लगाएको थियो ।’ उनका अनुसार अहिले निजी कम्पनीले स्वदेशमा प्रशोधन गरी बिक्री–वितरण गर्न पाइन्छ । महानिर्देक खनाल भन्छन्‚ ‘यदि उद्यमीहरुले प्रशोधनको आधुनिक प्रविधि भित्र्याउन चाहेमा सहजीकरण गर्न सकिन्छ ।’

नेपालमा पाइने पत्थर उच्च गुणस्तरका छन् । उच्च ताप र चापले बन्ने भएकोले त्यस्तै प्रकारका पत्थर बहुमूल्य हुन्छन् । खनिजको हिसाबले नेपालको उच्च भूभागमा बहुमुल्य पत्थर प्रशस्त मात्रामा पाइने भूगर्भविद्हरू बताउँछन् । तर, प्रशोधनको व्यवस्था गर्ने अबको चुनौती भएको महानिर्देशक खनाल बताउँछन् । सरकार आफैले प्रशोधन गर्नेभन्दा पनि निजी क्षेत्रका कम्पनीलाई प्रशोधन गर्ने गरी व्यवस्था गरेको खनालले बताए ।

अर्धकिम्ती तथा बहुमूल्य भनिने पत्थरहरू टर्मालाइन‚ गार्नेट‚ कायनाइट‚ क्वार्ज र रुबी नेपालका विभिन्न स्थानमा पाइन्छन् । बहुमूल्य पत्थर रुबी गणेश हिमाल आसपासका क्षेत्रमा पाइन्छ भने अर्धकिम्ती भनिएका टर्मालाइन‚ काइनाइट‚ गार्नेट तथा क्वार्ज पश्चिमको अछाम‚ कालिकोट र जाजरकोटमा र पूर्वको संखुवासभा‚ ताप्लेजुङ र पाँचथरमा बढी पाइने अनुसन्धानले देखाएको छ । तर, अहिलेसम्म विस्तृत तथा पद्धतिमूलक अनुसन्धान नभएकाले कति परिमाणमा पाइने भनेर यकिन गर्न नसकिएको खनिज भण्डारण मूल्यांकन तथा अधातु शाखाका शिवकुमार बाँसकोटाले बताए ।

खानी विभागले वैज्ञानिक प्रद्धतिअनुरुप अध्ययन गर्न सकेको छैन । बिनाअध्ययन कहाँ कति पत्थर भण्डारण रहेको छ भन्न नसकिने बाँसकोटा उल्लेख गर्छन् ।

यस्ता बहुमूल्य पत्थरहरू औंठी‚ गरगहना‚ सजावटका सामग्री र पौराणिक पद्धतिको उपचार विधि ‘हिलिङ स्टोन’का लागि बिक्रीवितरण गरिन्छ । तर, राष्ट्रियस्तरमा आधुनिक प्रयोगशाला‚ प्रशोधन तथा कटिङ गरी त्यसो व्यवसायिकरण गर्दा देशलाई प्रशस्त आर्थिक फाइदा हुने भूगर्भविद्हरूले बताएका छन् ।

प्रकाशित

समाचार

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

नेक इग्नियमको प्रवर्द्धनका लागि फ्ल्यास मोब

नयाँ अनुसन्धान : चलाख मानिसहरूको निर्णय क्षमता राम्रो हुने

गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

×