2025-07-09

विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विज्ञान प्रदर्शनी गर्दछौं

भोलिदेखि दुईदिने सातौं विज्ञान प्रदर्शनी तथा करिअर मेनेजमेन्ट  साउथ वेस्टर्न स्टेट कलेजमा हुने भएको छ ।

हरिसिंह केसी, भाइस प्रिन्सिपल, साउथ वेस्टर्न केलेज

वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा माघ २० र २१ गते सातौं विज्ञान प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा राजधानीका विभिन्न कलेज तथा स्कुलका विद्यार्थीले बनाएका ड्रोन, रोबोट, इलेक्ट्रोनिक सामग्री राखिने कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी बताउँछन् । सातौ प्रदर्शनीसम्म आइपुग्दा विद्यार्थीको शैक्षिक तथा प्रयोगात्मक सीप विकास भएको केसीको बुझाइ छ । करिब ३ हजार विद्यार्थी अध्ययनरत साउथ वेस्टर्नमा साढे ३ सय शिक्षकले पूर्ण तथा आंशिक रूपमा अध्यापन गराउँदै आएका छन् । विद्यार्थीको प्रयोगात्मक क्षमता अभिवृद्धिका लागि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् । यसै सेरोफेरोमा कलेजका भाइस प्रिन्सिपल केसीसँग रिभोसाइन्सले गरेको कुराकानीको सम्पादित अंश :

विज्ञान प्रदर्शनी आयोजना किन गरिएको हो ?
–यो सातौं विज्ञान प्रदर्शनी तथा करिअर म्यानेजमेन्ट हो । यसको मुख्य उद्देश्य विभिन्न कलेज तथा स्कुलका विद्यार्थीलाई सहभागी गराउने हो । विद्यार्थीमा रहेको सिर्जनात्मक प्रतिभा प्रस्फूटन गराउने प्रदर्शनीको उद्देश्य हो ।

विज्ञान प्रविधिको क्षेत्रमा उनीहरूसँग भएको कौशलता अभिभावक तथा विद्यार्थीमाझ प्रदर्शन गराउने हो । प्रदर्शनीमार्फत् विद्यार्थीमा रहेको क्षमतामा निखारपाना बढाउने मद्दत मिल्ने हुन्छ । सरकारले स्कुल तथा कलेजका विद्यार्थीको लागि विज्ञान गतिविधि सञ्चालन गर्न नसकेकाले विज्ञानको जमघट गर्ने वातावरण निर्माण गरिएको हो । निजी क्षेत्रले गरेका यस्ता गतिविधिले विद्यार्थीको जिज्ञासा मेट्न मद्दत मिल्छ ।

प्रदर्शनीमा कस्ता खाले सामग्री राखिन्छ ?
विद्यार्थीले बनाएका ड्रोन, इलेक्ट्रोनिकका सामग्री, सोलारबाट चल्ने, वातावरण संरक्षणका किताब र विभिन्न खाले प्रविधि प्रयोग भएका सामग्री हुनेछन् ।

साउथ वेस्ट्रन कलेजबाहेक अन्य पनि सहभागी हुन्छन् ?
साउथ वेस्ट्रन, गोल्डेनगेट, नासा, सिद्धार्थ बनस्थली, केएमसी, ट्रिनिटीलगायत विभिन्न विद्यालय तथा कलेजका करिब ४० स्टल राखिने भएको छ । तीबाहेक त्रियोग, साउथ वेस्ट्रन, चाँदबागलगायत विद्यालयले पनि उत्कृष्ट विज्ञान सामग्रीसहित सहभागी जनाउँदैछन् । अमेरिकी दूतावासका केही स्टल र विज्ञान सम्बन्धी केही संस्थाले सहभागिता जनाउने कुरा गरेका छन् ।

मुख्य आकर्षण के रहने छ ?
विद्यार्थी स्वयंले परिकल्पना गरेको सामग्रीलाई ध्यान दिएका छौं । उनीहरूले नयाँखाले परिकल्पनाको मूर्त रूप दिने खालको सामग्री राख्नुपर्दछ ।

प्रर्दशनीमा स्टलबीच प्रतिस्पर्धा नि हुन्छ?
प्रदर्शनीमा स्टल राखेका उत्कृष्ट स्कुल तथा कलेजलाई छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरेका छौं । यसले उनीहरूको मनोबल बढाएको पाएका छौं ।

उपत्यकाबाहिरका कलेज पनि आउँछन् ?
पहिलो वर्ष उपत्यका बाहिरका कलेजलाई पनि सहभागी गराएका थियौं । तर, उपत्यकाबाहिरका स्कुल कलेज यहाँसम्म आउन विभिन्न प्राविधिक समस्या देखा प¥यो । चुस्त व्यवस्थापन गर्न कठिन भएकाले त्यसलाई निरन्तरता दिन सकेनौं ।

विज्ञान प्रदर्शनी आयोजना गर्न कतिको कठिन आउँछ?
निरन्तर आयोजना गर्न विभिन्नखाले चुनौती छन् । विज्ञान प्रदर्शनीमा स्कुल तथा कलेजलाई सहभागी हुनुपर्दछ भन्ने जानकारी भइसकेको छैन । कतिपय विद्यालय तथा कलेजले निरन्तरता दिन नसकेको अवस्था छ । सरकारी तवरबाट कुनै किसिमका सहयोग पाइँदैन । सबै आफ्नै स्रोत साधनमा भर पर्नुपर्दा निकै गाह्रो हुन्छ । स्टल निर्माणदेखि लिएर अन्य विभिन्न कुरा खर्च हुन्छन् । कलेज तथा विद्यालयको तहमा सहभागीको प्रतिस्पर्धा हुने भएपछि सहभागिता जनाउन गाह्रो भैरहेको छ । हरेक वर्ष नयाँ खालका नमुना सामग्री प्रदर्शनी गराउन पर्ने भएकोले जुटाउनै गाह्रो हुन्छ । शिक्षकले पनि राम्रोसँग मार्गदर्शन गराउन नसकेको अवस्था छ । उनीहरुको कौशलता पनि विकास गर्नुपर्ने देखेका छौं ।

विद्यार्थीको रुचि कस्तो पाउनुभएको छ ?
क्रमिक रुपमा बढ्दै गएको छ । विभिन्न विधामा पाइन्छ । उनीहरूले स्टल सजावटदेखि नयाँखाले कन्सेप्ट प्रयोग पर्दा मिहिनेत गरेको पाइन्छ । कतिपय विद्यार्थीले आफ्नै खर्चबाट प्रदर्शनीमा राख्ने सामग्री निर्माण गरेको पाइन्छ ।

विद्यार्थीको पठनपाठनमा कतिको असर गर्छ ?
यस्ता शैक्षिक क्रियाकलापले पठनपाठनमा असर गर्दैन । बरु मद्दत मिन्छ । विद्यार्थीले नयाँ–नयाँ कुरा सिक्न पाउँछन् । सामग्री निर्माण गर्दा झन दिमाग लगाउनुपर्दा उनीहरुको दक्षता बढेको पाएको छु ।

प्रदर्शनीमा सरकारी तवरबाट केकस्ता सहयोग आवश्यक हुन्छ ?
धेरैथोरै आर्थिक सहयोग हुनुपर्छ । अर्को, प्रशंसास्वरुप कदरपत्र प्रदान गर्नुपर्छ । हौसला मिल्ने खालको वातावरण तयार पार्नुपर्ने हुन्छ । तर, त्यस्तो हुन सकेको छैन । सरकारले विज्ञान प्रविधिमा ध्यान दिन सकेको छैन ।

कतिले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा छ ?
गत वर्ष २० हजार हाराहारी सहभागी थिए । यस वर्ष त्योभन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ ।

कुन–कुन क्षेत्रको विद्यार्थीको सहभागिता हुन्छ ?
विशेषतः उपत्यकाको उत्तरी भेगका हुन्छन् । बूढानीलकण्ठ, सामाखुशी, नयाँबजार, कलंकी, चाबहिल, तीनकुनेलगायत क्षेत्रका स्कुल/कलेजका विद्यार्थी सहभागी हुन्छन् ।

प्रर्दशनीबाहेक अन्य कार्यक्रम केके हुन्छ ?
प्रदर्शनीबाहेक रक्तदान कार्यक्रम हुन्छ । मनोरञ्जन कार्यक्रम हुन्छ । करिअर म्यानेजमेन्टलाई उत्प्रेरणा जगाउने कार्यक्रम पनि हुन्छ । करिअर म्यानेजमेन्टको पाटोमा अमेरिकी दूतावासले विभिन्न विज्ञ बोलाउने भएको छ ।

कलेजले अन्य केके गतिविधि गर्दै आएको छ ?
देशभरका ६० जना विद्यार्थीलाई निःशुल्क अध्ययन तथा बसोबासको व्यवस्था मिलाएका छौं । विद्यार्थीका लागि शैक्षिक नेतृत्व विकासको कार्यक्रम गर्दै आएका छौं । उनीहरूलाई विभिन्न किसिमका सेमिनारमा सहभागी गराउँछौं । विभिन्न समयमा विद्यार्थीलाई मौखिक तथा लिखित प्रस्तुति गराउँदै आएका छौं । यसले उनीहरूको व्यक्तित्व विकासमा टेवा पु¥याउँछ ।

प्रकाशित

समाचार

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

नयाँ बीमा कम्पनीको लाइसेन्स दिने नीतिमा छैनः प्राधिकरण

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

टीभीएसको नयाँ स्कुटर जुपिटर-११० नेपालमा

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

नयाँ बीमा कम्पनीको लाइसेन्स दिने नीतिमा छैनः प्राधिकरण

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

टीभीएसको नयाँ स्कुटर जुपिटर-११० नेपालमा

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

एभरेष्ट र इन्टुजी बीच सम्झौता 

×