काठमाडाै । त्रिभूवन विश्वविद्यालयकाे ४४ औं दीक्षान्तर समाराेहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्र पुनरावलाेकन गर्नु पर्ने बताएका छन । मन्त्री पाेखरेलले पाठ्यक्रम प्रभावकारी हुन नसक्दा शिक्षित वेराेजगार बढेकाे बताए ।
शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई समृद्धिसँग जोडेर सिर्जनात्मक ढंगले अघि बढ्न मन्त्री पोखरेलले विश्वविद्यालयललाई सुझाए । शैक्षिक वेराेजगारलाई बढवाले त्रिविकै आलोचना हुने गरेकाे उल्लेख गरें ।
४४ औं समारोहमा २०७५ जेठकाे अन्तिमसम्म विभिन्न संकायमा ६६ जना विद्यावारिधि उपाधिबाट दीक्षित भएका छन्। एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट भएकालाई विभुषित गरेकाे छ।
६० आंगिक र एकहजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहबाट ९ हजार ५ सय जनाले दीक्षान्त समारोहमा भाग लिएको त्रिविले जनाएकाे छ ।
Leave a Reply