|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, वैशाख २५ । नेपाली शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको सहकार्यलाई मजबुत बनाउन टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेज (केसीसी) बीच एक महत्वपूर्ण समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
पुतलीसडकस्थित कलेजमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र केसीसीका प्रिन्सिपल राजु कट्टेलले सम्झौतामा हस्ताक्षर गर्दै विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षामा दक्ष बनाउने प्रतिबद्धता जनाए।
सौझाताअनुसार विद्यार्थी तथा प्राध्यापकका लागि एआई र साइबर सुरक्षामा केन्द्रित कार्यशाला र सेमिनारसम्बन्धी विशेष तालिम दिइनेछ । त्यस्तै योग्य विद्यार्थीलाई टेकपाइलामा प्रत्यक्ष काम गर्ने मौका तथा उद्योगमा रोजगारीको अवसर प्रदान गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply