2025-07-11

स्वास्थ्य वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन सम्पन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मलेन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) आयोजना गरिएको सम्मेलनमा उत्कृष्ट स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अग्रसर वैज्ञानिकहरुलाई पुरस्कृत गरिएको थियो ।

विश्वभर फैलिएको कोभिड-१९ को प्रभावका कारण एनएचआरसीले पहिलो पटक भर्चुअल वैज्ञानिक सम्मेलन गरेको थियो । सम्मेलनमा स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले मौखिक प्रस्तुति दिएका थिए।

सम्मेलनमा जनस्वास्थ्यसँग सम्वन्धित कोभिड-१९, मानसिक स्वास्थ्य, सरुवा रोग, बाल तथा किशोरकिशोरी स्वास्थ्य जस्ता विषयमा ९६ पोस्टर तथा मौखिक कार्यपत्र प्रस्तुत भएका थिए । जसमध्ये आमन्त्रितसमेत गरि ४२ मौखिक प्रस्तुति र  ५४ पोष्टर प्रस्तुति रहेका थिए ।

पुरस्कृत

सम्मेलनमा उत्कृष्ट कार्य प्रस्तुति गरेवापत प्रतिक खनाललाई मौखिक पुरस्कृत प्रदान गरिएको थियो । त्यस्तै, शिक्षा अधिकारीलाई उत्कृष्ट ‘पोस्टर प्रेजेन्टेसन अवार्ड’ प्रदान गरिएको थियो ।

परिषद्को जर्नलमा वर्षभरी प्रकाशित वैज्ञानिक लेख मध्ये उत्कृष्ट लेख प्रकाशित गर्ने डा. गेहनाथ बराल र दुर्गादेवी ज्ञवाली ‘स्पोन्सर्ड जर्नल अफ हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार’ प्रदान गरिएको थियो ।

यसैगरी ४० वर्ष मूनिका युवा वैज्ञानिकलाई मृगेन्द्र सम्झना ‘मेडिकल ट्रस्ट अवार्ड’ डा विशाल ज्ञवालीलाई प्रदान गरिएको थियो ।

मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता अशोक पाण्डेलाई दिइएको थियो । 

‘स्वास्थ्य अनुसन्धान लाईफ टाईम एचिभमेन्ट अवार्ड’ प्राडा जीवन बहादुर शेरचनलाई प्रादान गरिएको थियो ।

त्यसैगरी, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेसन अवार्ड डा सन्दुक रुइतलाई प्रदान गरिएको थियो ।

प्रकाशित

समाचार

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

खानेपानी विभागको वित्तीय प्रगति उत्कृष्ट

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

खानेपानी विभागको वित्तीय प्रगति उत्कृष्ट

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

×