October 29, 2024

रसायनशास्त्रका नेपाली अगुवा प्रा. डा. मोहन विक्रम ज्ञवाली


सन् १९६० सम्म नेपाल र दक्षिण कोरियाको विकास सूचांक वरावर थियो । एउटा प्रसंग म सन् १९७० मा अमेरिकामा पढ्न जादा त्यहाँ के लेखिएको थियो भने विहान उठ्दा काठमाडौं र सोल (दक्षिण कोरिया)का मान्छेहरु खोकिरहेका हुन्छन । त्यस्को आशय, के होला भनेर खुबै घोत्लिए । थाहा लाग्यो कि दुबै मुलुकमा क्षयरोगको विरामीको अवस्था उस्तै छ भन्न खोजेको रहेछ । अहिले आएर कोरिया कहाँ बाट कहाँ पुगिसक्यो नेपाल जहाँको त्यही छ । कोरियन साथीहरुसँग म यदा कदा सोध्छु यो के भइरहेको हो भनेर उनीहरुको जवाफ आँउछ ।

mohanbikram2
प्रा. डा. मोहन विक्रम ज्ञवाली

क ख रा र सावा अक्षर दार्जिलिङमै चिनिसक्नुभएको थियो ज्ञवालीले । पुतलीसडकमा रहेको पद्मोदय हाइस्कूलमा भर्ना हुनुभयो र सोही हाइस्कूलबाट एसएलसी उत्र्तीण हुनुभयो । पढाईमा मध्यम हुनुहुथ्यो ज्ञवाली एसएलसी १९६६ मा दोस्रो श्रेणीमा उत्र्तीण हुनुभयो, विएस्सी हाइएर सेकेण्ड डिभिजनमा र एमएस्सी अर्गानिक केमेष्ट्रीमा टप हुनुभयो । काठमाडौंको मैतीदेवी वाल्यकाल र किशोरवय व्यतित भयो । वाल्यकालले कहिलेकाही सम्झनाको तरेलीमा मिठो झोक्का हानेर जान्छ । मैतीदेवीको सडकमा भोगटेलाई वल वनाएर भकुण्डो खेलेको हिजै जस्तो लाग्दछ, त्यो यस्तो समय थियो जुन समयमा एउटा गाडी यहि रुट भएर चार घण्टाको फरकमा कुद्थ्यो । पत्तै नपाई उमेर ढल्किसकेछ । खेलकुद र पढाईमा विशेष रुची राख्ने ज्ञवालीको पिताकै प्रभावले हुनसक्दछ साहित्य र इतिहासमा समेत विशेष रुची थियो । त्यस समय एसएलसी उर्तिण हुनेलाई समाजले इज्जत र प्रतिष्ठाको दृष्ट्रिले हेर्दथ्यो । किशोरवयमा मनमा अनेक तर्कना आउथें । के पढ्ने, के नपढ्ने ? बुवाआमा आफन्तको केही रोकतोक थिएन । जे पढें पनि । पिताजीलाई त लागेको हुदो त छोराले विडो थामिदिओस । एसएलसी पश्चात् ज्ञवालीमा साहित्यको रस विलाएर गयो । चुम्वकले तानेझै विज्ञानप्रतिको मोहले साहित्य ओझेल पर्दै गयो तर उहाँलाई लाग्यो विज्ञान पढ्छु । यद्यपि थाहा थिएन विज्ञान पढेर के हुन्छ ? किन विज्ञान पढ्ने ? तै पनि एउटा कुरा अझै स्मरणमा झोक्का हान्न आउछ मन्द मुस्कानमा ज्ञवालीले सुनाउनुभयो ‘विज्ञान पढ्नेलाई समाजले निकै आदरभावले हेर्दथ्यो ।’

बानेश्वर हुदै सिनामंगल पुग्ने मार्गको नामकरण गरिएको छ देवकोटा सडक । यही सडक पार गर्दै केही अगाडि वढ्दै गर्दा देखियो निलो वोर्डमा लेखिएको सूर्यविक्रम ज्ञवाली मार्ग । मनमा एउटा प्रश्नले तत्कालै छाल हानेर गयो यी धुरन्धर साहित्यकार मोहन विक्रम ज्ञवालीको आफन्त होलान के ? मुरलीधर मार्गको १२३ नम्वरको घरको कौसीमा वसेर हात हल्लाइरहेका यी प्रोफेसर उनै साहित्यकार तथा एक समयका प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवका पुत्र रहेछन् । माता राजकुमारी ज्ञवालीको कोखबाट सन् १९५१ मा दार्जिलिङमा जन्मभयो मोहनविक्रमको । पिता त्यो समयमा दार्जिलिङकै स्कुलको प्रधानाध्यापक हुनुहुथ्यो । विं स २०१६ मा पिता सूर्य विक्रम ज्ञवाली तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव वन्नुभयो । पिताको हात समाउदै उहाँ पनि राजधानी खाल्डोमै फर्कनुभयो ।

सम्झनाको तरेलीमा वालापन
क ख रा र सावा अक्षर दार्जिलिङमै चिनिसक्नुभएको थियो ज्ञवालीले । पुतलीसडकमा रहेको पद्मोदय हाइस्कूलमा भर्ना हुनुभयो र सोही हाइस्कूलबाट एसएलसी उत्र्तीण हुनुभयो । पढाईमा मध्यम हुनुहुथ्यो ज्ञवाली एसएलसी १९६६ मा दोस्रो श्रेणीमा उत्र्तीण हुनुभयो, विएस्सी हाइएर सेकेण्ड डिभिजनमा र एमएस्सी अर्गानिक केमेष्ट्रीमा टप हुनुभयो । काठमाडौंको मैतीदेवी वाल्यकाल र किशोरवय व्यतित भयो । वाल्यकालले कहिलेकाही सम्झनाको तरेलीमा मिठो झोक्का हानेर जान्छ । मैतीदेवीको सडकमा भोगटेलाई वल वनाएर भकुण्डो खेलेको हिजै जस्तो लाग्दछ, त्यो यस्तो समय थियो जुन समयमा एउटा गाडी यहि रुट भएर चार घण्टाको फरकमा कुद्थ्यो । पत्तै नपाई उमेर ढल्किसकेछ । खेलकुद र पढाईमा विशेष रुची राख्ने ज्ञवालीको पिताकै प्रभावले हुनसक्दछ साहित्य र इतिहासमा समेत विशेष रुची थियो । त्यस समय एसएलसी उर्तिण हुनेलाई समाजले इज्जत र प्रतिष्ठाको दृष्ट्रिले हेर्दथ्यो । किशोरवयमा मनमा अनेक तर्कना आउथें । के पढ्ने, के नपढ्ने ? बुवाआमा आफन्तको केही रोकतोक थिएन । जे पढें पनि । पिताजीलाई त लागेको हुदो त छोराले विडो थामिदिओस । एसएलसी पश्चात् ज्ञवालीमा साहित्यको रस विलाएर गयो । चुम्वकले तानेझै विज्ञानप्रतिको मोहले साहित्य ओझेल पर्दै गयो तर उहाँलाई लाग्यो विज्ञान पढ्छु । यद्यपि थाहा थिएन विज्ञान पढेर के हुन्छ ? किन विज्ञान पढ्ने ? तै पनि एउटा कुरा अझै स्मरणमा झोक्का हान्न आउछ मन्द मुस्कानमा ज्ञवालीले सुनाउनुभयो ‘विज्ञान पढ्नेलाई समाजले निकै आदरभावले हेर्दथ्यो ।’ पदमोदय हाइस्कूलवाट एसएलसी उत्र्तिण गरिसकेपश्चात उहाँको पाइला त्रि–चन्द्र कलेज तर्फ मोडियो ।

mohanbikram11

त्यस समय विज्ञान विषय पढाई हुने कलेज त्रि–चन्द्र र पव्लिक साइन्स क्याम्पस (हालको अमृत साइन्स क्याम्पस) भर्खरै स्थापना भएको थियो । त्यस समयसम्म विज्ञान विषयको अध्ययन अध्यापन त्रिचन्द्र कलेजमै अव्वल मानिन्थ्यो । त्रिचन्द्र कलेजबाटै आइएस्सी उत्र्तीण हुनुभयो सन् १९६८ मा दोश्रो डिभीजनमा । वोटनी, जुलोजी र केमेष्ट्री विषय लिएर विएस्सी अध्ययन गर्ने थाल्नुभयो त्रिचन्द्र कलेजवाटै । सन् १९७० मा हाइएर सेकेण्ड डिभीजनमा विएस्सी उत्र्तिण गरेपश्चात त्रिचन्द्र कलेजलाई विदाईको हात हल्लाउदैं उहाँ एमएस्सी अध्ययनका लागि केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपूर धाउन थाल्नुभयो । सन् १९७२ मा एमएस्सी उत्र्तिण हुनुभयो । त्यो वेला ज्ञवालीको उमेर २१ वर्षको मात्र थियो । रिजल्टका लागि एक वर्ष समय कुर्नुपर्ने थियो । यही नतिजाको प्रतिक्षामा रहँदा रहदै नतिजा आयो । प्रायः जसो नतिजामा उहाँ सधैं आफू दोस्रो हुने गरेको । सोच्दै हुनुहुन्थ्यो नतिजा दोस्रो नै हुन्छु होला । एमएस्सी अर्गानिक केमेष्ट्रीमा टप हुनुभयो । संयोग यस्तो पर्यो कि रिजल्ट भएको तीन दिनपश्चात नै त्यस वेलाको युनिभर्सिटी क्याम्पसमा एसिसटेण्ट लेक्चरको रुपमा विद्यार्थीहरुलाई अध्यापन गराउन थाल्नुभयो । यही सेन्टर डिर्पाटमेण्ट केमेस्ट्रीमा जीवनको झण्डै चालिस वर्ष पार गरिसक्नुभएको छ ज्ञवालीले । १९७४ मा सेवा आयोग उत्र्तिण गरेपछि लेक्चरर हुनुभयो करिव चार वर्ष । सन् १९८९ देखी सात वर्ष रिडर हुनुभयो । यही बीचमा विद्यावारिधीको लागि अमेरिकामा रहेको वासिङटन स्टेटवाट फुलव्राइट स्कोलरसिप मिलेपश्चात उहाँ विद्यावारिधी सोही युनिभर्सिटी तर्फ लम्किनुभयो । पाँच वर्षको अमेरिकाको बसाई पश्चात स्वदेश फर्कनुभयो ।

केमेष्ट्री रोजाईको कहानी
केमेस्ट्री सेन्ट्रल साइन्स हो । यो वायोलोजी साइन्सको लागि पनि काम लाग्ने । फिजिकल साइन्सको लागि पनि उपयोगी । विएस्सीमा मा म वायोलोजीको विद्यार्थी थिए । वायोलोजीमा पनि अर्गानिक केमेष्ट्रीमा पढियो । अझै अग्रिकल्चर केमेष्ट्री जीवन र जगतसँग धेरै नजिक भएको हुँदा यही विषयको विद्यार्थी वनेको हुँ ।

अमेरिकाको अनुभव
सन् १९७४ मा अमेरिका विद्यावारिधीका लागि पुगियो । चार वर्षको समय उति लामो समयचक्र होइन । सिङ्गो जीवनको समयलाई तौलदा, जोख्दा र नाप्दा चार वर्ष जीवनको एउटा कालखण्ड न हो । त्यही रहदा ज्ञवालीले सवैभन्दा पहिले विज्ञान र प्रविधि के हो भन्ने मात्र होइन, अध्ययन, अनुशन्धान के हो ? शिक्षक कस्तो हुनुपर्दछ भन्ने तथ्यको समेत ज्ञान मिल्यो । विज्ञान भनेको श्वासत हो । नेपालको एउटा विज्ञान, भारतको एउटा विज्ञान र चीनको एउटा विज्ञान भन्ने हुदैन । दोस्रो कुरा, विज्ञानमा इमान्दारिता भन्ने चीज निकै महत्वपूर्ण हुन्छ । तेश्रो कुरा हामी कहाँ विज्ञानमा आज लगानी गरेर भोली फल खोजिन्छ तर विज्ञान र प्रविधिमा आजै लगानी गरेर भोली फल पाइने होइन । यस्का लागि त अथक प्रयास गर्न पर्दछ र निरन्तर कर्म क्षेत्रमा कटिवद्ध भएर लागिरहन पर्दछ । विज्ञान भनेको एउटा कठिन तपस्या हो । फलको आशा नराखी काम गरेको खण्डमा विज्ञानको क्षेत्रमा सफलता हात लाग्दछ । यस्का अलवा मैले सिकेको अर्काे महत्वपूर्ण कुरा एउटा शिक्षक समयमा विद्यालयमा आउनुपर्दछ र समयमा जानुपर्दछ भन्ने हो । शिक्षक र आफ्ना विद्यार्थीहरुलाई जहिले पनि सहयोग गर्ने तत्पर हुनुपर्दछ । शिक्षकले आफू शिक्षक भएर होइन कि विद्यार्थी भएर नै विचार गर्नुेपर्दछ आफ्ना विद्यार्थीहरुको समस्या कहाँ छ । आफ्ना विद्यार्थीहरुलाई मोटिभेसन कसरी गर्ने भन्ने कुरा पनि मैले त्यही पुगेर सिकें । अर्गानिक केमेष्ट्रीका विविध विधाहरु मध्य सेन्थेटिक केमेष्ट्रीमा प्रोफेसर रक रनरको मातहतमा रहेर विद्यावारिधीको उपाधी हासिल गरेपश्चात उहाँ स्वदेश फर्कनुभयो र पुन त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ । सन् १९९७ देखी हालसम्म निरन्तर प्रोफेसरको रुपमा करिव १६ वर्ष विश्वविद्यालयमा बिताउनुभएको उहाँले अवको एक वर्षपश्चात अवकाश पाउदै हुनुहुन्छ ।

विदेशी प्रयोगशालाको अगाडि हामी वाहुन्ने
विदेशको शिक्षाको अगाडि हामी धेरै मसिना छौं । हाम्रो विज्ञान प्रयोगशाला नै अत्यन्त निम्नस्तरका छन । ती पनि दश चारको कार्यलय समयमा मात्रै खुल्दछन् तर विदेशमा त्यस्को अपवाद छ । त्यहाँका ल्यावहरु चौविसै घण्टा खुल्दछन् । जुन समय आफूलाई अनुकूल हुन्छ सोही समयमा जान सकिन्छ । अध्ययन अनुसन्धान गर्ने सकिन्छ । हामी कहाँको विज्ञान प्रयोगशालामा पाइने उपकरण त्यसै पनि पर्याप्त हुदैनन। त्यस माथि ती उपकरणहरु विग्रिएको खण्डमा समेत बनाउने ठाँउ छैनन् ।अहिले नै पनि हाम्रा विभाग र अन्य विभागमा धेरै राम्रा उपकरणहरु विग्रिएको अवस्थामा रहेका छन । सानो विग्रिएको समेत हामीमा बनाउने क्षमता छैन । विदेशमा हो भने सम्वन्धीत कम्पनीका मान्छेलाई खबर गर्नासाथ कम्पनीका मान्छेहरु हाजिर हुन्छन । महत्वपूर्ण कुरा त सोच हो विदेशका प्रध्यापकहरु राजनीति गर्नेहरु छदैछैंनन् त भन्न सक्दिन भए पनि औलामा गन्न मिल्ने छन । नेपालमा भने रनजनीति नगर्ने प्रध्यापक औला भाजेर खोजी गर्नुपर्ने अवस्था छ ।

विश्वविद्यालयमा देखे भोगेको तितो मिठो
विश्वविद्यालयका दुइवटा पाटाहरु छन । एउटा पाटो शिक्षण हो भने अर्काे पाटो अनुशन्धानको । ज्ञवाली सुनाउनुहुन्छ ‘हामी भन्दा पहिलाको पुस्ताले शिक्षाको जग वसाले । हाम्रै पुस्ताले अनुसन्धानको जग हालेको हो । पछिल्लो चरणमा आएर विश्वविद्यालयमा जे जस्ता गतिविधी भइरहेका छन । यसबाट सन्तुष्ट छैन । हाम्रो विश्वविद्यालयमा राजनीतिको कारण थिलोथिलो वनेको छ । राजनीतिले यस्तो जरा गाडेको छ कि हरेक कुरामा राजनीति हावी हुँदा अध्ययन र अनुशन्धानमा भन्दा अरु नै कुरालाई महत्व दिइएको छ । विश्वविद्यालय यही कारणले भताभुंङ्ग भएको छ । विश्वविद्यालयको यो हविगत हुनुका पछाडि केही प्रोफेसरहरु पनि जिम्वेवार छन । जो राजनीतिक दलका नेताको घरको दैंलो धाउछन । जो सँग साच्चैको योग्यता छ । उस्ले कहि कसैको दैलो धाइरहनु पर्दैन ।भनिन्छ,कति प्रोफेसरहरु क्लासमै पनि जादैनन् र पनि तलब खाइरहेका छन । कति प्रोफेसरहरु राजनीति गरिरहेका छन । तर सबैलाई एउटै टोकरीमा हाल्न मिल्दैन केही यस्ता प्रोफेसरहरु छन् जो आफ्नो पेशा प्रति अति निष्ठावान पनि छन् ।’ दुई हजार भन्दा वढि विद्यार्थीहरुलाई एमएस्सी गराइसक्नुभएका ज्ञवालीकै मातहतमा रहेर तीन जना विद्यार्थीले विद्यावारिधी गरिसकेका छन । रमेश गिरी न्यू मेक्सिको युनिभर्सिटीको एसिसटेण्ट प्रोफेसर वनेका छन । सुरेश वयाले, उनी युनिभर्सिटी अफ टोयामा एसिसटेण्ट प्रोफेसर बनेका छन । पछिल्लो चरणमा र्हावड। क्याल्टक लगायतका विश्वप्रशिद्ध विश्वविद्यालयहरुमा आफूले पढाएका विद्यार्थीहरु समेत अध्ययनरत रहेको खवर सुन्दा यी प्रोफेसरको मन सिमलको भुंवा झै उड्छ ।

जागिरे यात्रा स्वदेश देखी विदेश सम्म
कहिले काँही एकान्तमा जीवनको नक्सा पल्टाउदै गर्दा यी प्रोफेसर आफ्ना जिन्दगीको वहिखाता पल्टाउनुहुन्छ । सन् १९८२ मा विद्यावारिधी सकाएर अमेरिका स्वदेश फर्कनुभयो । त्यस्को ठीक सोह्र वर्ष पछाडि जापानमा रहेको इन्सिच्यूड अफ नेचर मेडिसाइन टोयामा जापानको भिजिटिङ प्रोफेसर वातावरणीय तथा अनुसन्धान केन्द्र, टोयमा, जपान । तेल अवि इजरायलमा रहेको मोलिक्यूलर र माइक्रोवायोलजीको विषयमा सन् १९५५ मा भिजिटिङ साइन्सटिस्टको रुपमा समेत कार्यरत रहनुभयो । यस्का अलवा गेष्ट साइन्टिसको रुपमा टोयमा मेडिकल तथा फर्मासिटिकल विश्वविद्यालय,ग्रायजुएट टिचिङ एसिसटेन्टको रुपमा वासिङटन स्टेन युनिभर्सिटी, यूसए( सन् १९८० देखी १९८२ सम्म) साथै यही विश्वविद्यालयमा रिसर्च एसिसटेण्टको रुपमा (सन् १९७६ देखी १९८० सम्म) कार्यरत रहनुभयो । यस्का अलवा जर्मनी, क्यानडा लगायतका विश्वविद्यालयहरुमा आगन्तुक प्रोफेसरको रुपमा समेत काम गर्नुभएको छ उहाँले । विश्वविद्यालयमा कार्यरत रहदा रहदै उहाँको अगाडि एउटा प्रस्ताव आयो त्यो प्रस्तावलाई सहजै स्वीकार्दै उहाँ सन् २००२ देखी सन् २००७ सम्मको लागि रिकास्टको कार्यकारी निर्देशकको रुपमा समेत काम गर्नुभएको थियो । यसका साथैं नेपाल प्रज्ञा प्रतिष्ठान नाष्टका सदस्य समेत रहनुभयो ज्ञवाली सन् २००७ देखी २००९ सम्म ।‘यतिका देश विदेश घुम्न पाएको छु । यतिका विद्यार्थी उत्पादन गरेको छु । यो सवै मलाई विश्वविद्यालयले नै दिएको हो ।’ प्रध्यापन पेशामा लागेर केही नगुमाएको वरु विश्वविद्यालयले नै धेरै कुरा दिएको वताउनुहुन्छ ज्ञवाली । कुराकानीकै क्रममा केही निराशा मिश्रित लवजमा निष्कियो, तर अहिले विश्वविद्यालयको जुन रुपमा शैक्षिक उन्नयन हुनुपर्दथ्यो त्यस गतिमा अध्ययन र अनुसन्धान गरिएन । त्यसले अनुसन्धानको गति सुस्ताएको र राजनीति मौलाएको देख्दा मन दुख्दछ रे उहाँको ।

सम्मान तथा पुरस्कार
अध्यापन नै मेरो रुचीको विषय हो , सायद विश्वविद्यालयबाट रिटायर्ड भएपछि समेत म कतै न कतै अध्यापन गराउछु होला । प्रिन्सिल अफ केमेस्ट्री र एस्पेक्ट अफ ट्रेडिसनल मेडिसिन इन नेपाल (जुन पुस्तक टोयमा विश्वविद्यालयले सन् २००८ मा प्रकाशन गरेको थियो । सन् २००२मा सिताराम अग्रवाल पुरस्कार, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठाले प्रदान गर्ने गरेको यूवा वैज्ञानिक पुरस्कारवाट सन् १९९० मा सम्मानित, महेन्द्र विद्या भूषण सन् १९८३ र सन् १९७४, नोपल केमिकल सोसाइटीले अनररी फेलो वाट सम्मान गरेको छ । त्यस्तै, इन्टरनेशनल इक्सचेन्ज अर्वाड यूएसए लगायतका दर्जनौ सम्मान वाट समेत सम्मानित हुनुहुन्छ ज्ञवाली ।सवैभन्दा ठूलो मान र सम्मान त विदेशबाट विद्यार्थीहरुले फोन गर्दा लाग्छ उहाँलाई । विद्यार्थीहरु सुनाउछन ‘आज तपाइकै कारण मेरो जीवन सफल वनेको छ ।’ यो सुन्दा वहुत आनन्द लाग्छ उहाँलाई ।

विज्ञान प्रविधि हाम्रै मात्र किन ववुरो ?
सन् १९६० सम्म नेपाल र दक्षिण कोरियाको विकास सूचांक वरावर थियो । एउटा प्रसंग म सन् १९७० मा अमेरिकामा पढ्न जादा त्यहाँ के लेखिएको थियो भने विहान उठ्दा काठमाडौं र सोल(दक्षिण कोरिया)का मान्छेहरु खोकिरहेका हुन्छन । त्यस्को आशय, के होला भनेर खुबै घोत्लिए । थाहा लाग्यो कि दुबै मुलुकमा क्षयरोगको विरामीको अवस्था उस्तै छ भन्न खोजेको रहेछ । अहिले आएर कोरिया कहाँ बाट कहाँ पुगिसक्यो नेपाल जहाँको त्यही छ । कोरियन साथीहरुसँग म यदा कदा सोध्छु यो के भइरहेको हो भनेर उनीहरुको जवाफ आँउछ । कोरियाले विकासमा फड्को मार्नुका पछाडि तीन कुरा छन । विज्ञान प्रविधिमा जोड दिनु, उच्च शिक्षामा जोड दिनु,खसडक निर्माणमा जोड दिनु । अर्काे पक्ष अध्ययन अनुसन्धानमा लाग्नुपर्ने नेपालका वैज्ञानिकहरु कोही हेल्मेट टिचर वनेका छन । कोही दश पाँचको जागिरे वनेका छन । अर्काे पाटो हाम्रो एकातिर चीन र अर्काेतिर भारत छ । हाम्रो नेतृत्व तहमा वस्नेहरुको सोच कस्तो छ भने उनीहरुले वनाइदिएको प्रविधि भित्राए भइ गयो नि हामीले किन टाउको दुखाउनु पर्यो भन्ने सोचले पनि काम गरेको छ । त्यहाँ बाट ल्याएको प्रविधिलाई यहाँ प्रयोग र उपयोग गर्नेका लागि समेत यहाँ विज्ञानको जग त हुनुपर्यो नि । विदेशीले वनाइदिएका प्रविधिलाई स्वदेशमा भित्राएर मात्रै विज्ञानको विकाश किमार्थ हुन सक्दैन कारण विदेशमा विज्ञानको जग वलियो छ तर हाम्रो त जगै छैन । विज्ञानको जग वलियो छ भने न प्रविधि वनाउन सक्छौ र त्यो प्रविधि वेचेर हामी धनी वन्न सक्दछौं । जापानमा प्राकृतिक सम्पदाहरुको प्रचुरता छैन तै पनि किन उ धनी छ र हामीकहाँ प्रचुर मात्रामा प्राकृतिक सम्पदा हुँदा हुदै पनि हामी किन गरिब छौ ?

प्रोफेसरको जीवन दर्शन
वहुअर्थी जीवनलाई हेर्ने सबैको आ आफ्नो वुझाई र दृष्ट्रिकोण हुन्छ । स्वभाविक हो । जिज्ञासा जाग्यो जीवनको ६१ औं वसन्त पार गरिसक्नुभएका यी प्रोफेसरको जीवनप्रतिको धारणा कस्तो होला ? केही क्षण सन्नाटा छायो । ‘जीवन एउटा अनुभवको शास्त्र रहेछ ।’ जवानीको पलमा भविष्यलाई कल्पेर हामी उत्साहित हुन्छौं । उमेर ढल्कदै गएपछि वितेका पल सम्झन्छौं र रोमाञ्चित हुन्छौं । जीवन भन्नु नै अनुभवको मिश्रण रहेछ ।

प्रस्तुतीः हरि गजुरेल

(रिभोसाइन्स वर्ष ३ अंक ५मा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×