2025-08-04

पदभार ग्रहण गरें बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले

काठमाडाैँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले मंगलबार प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन् ।

नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ ।

प्राधिकरणमा कार्यभार सम्हाल्दै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बीमा स्रम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिदै अध्यक्ष पोखरेलले भने, “संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बीमितको हकहित संरक्षण गर्नुछ, बीमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौं ।”

अध्यक्ष पोखरेलले बीमा सचेतना मार्फत बीमाको पहुँच बढाउन, बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बीमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताए।

मा अद्यावधिक गरिएको

समाचार

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×