2025-08-04

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

काठमाडौँ । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । इना सेन्टर नेपालले काठमाडौँमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूमहरु सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले आइतबार राजधानीमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा खड्लजका सिग्नेचर अत्तरहरू प्रदर्शन गरिएको थियो ।

सो अवसरमा खड्लज परफ्यूमका प्रबन्ध निर्देशक आसिफ मोहम्मदले ब्रान्डको सम्पदा, गुणस्तरप्रति प्रतिबद्धता र इना सेन्टरसँगको साझेदारीका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा खड्लजको शियाका छाया र नाफाइस नामक नयाँ अत्तरहरु समेत प्रदर्शनमा राखिएको थियो ।

कार्यक्रममा इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले भने, “खडलज परफ्यूमहरू बजेटमैत्री र अत्यधिक सुगन्धित छन्। हामीलाई विश्वास छ कि खड्लज चाँडै नै नेपालको सबैभन्दा मनपर्ने सुगन्धित परफ्यूमको ब्रान्डहरू मध्ये एक बन्नेछ।”

खड्लज परफ्यूमको सुरुवातलाई सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै इना सेन्टरले आगामी दिनहरुमा गुणस्तर र नवीनताका साथ स्थानीय बजारलाई बढाउँदै प्रिमियम अन्तर्राष्ट्रिय परफ्यूम ब्रान्डहरू नेपालमा ल्याउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताएको छ ।

मा अद्यावधिक गरिएको

समाचार

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×