2025-08-04

विराटनगर किङ्सद्वारा भी-चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर, १ साउन – कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम ‘विराटनगर किङ्स’ले भी-चित्र आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त गरेको छ।

यो स्ट्राटेजिक पार्टनरसिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शक वर्गसँग संलग्नता बढाउने र समग्र मार्केटिङ पहलहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।

आफ्ना इनोभेटिभ स्ट्राटेजी र प्रमाणित ट्रयाक रेकर्डहरूका लागि परिचित भी-चित्र, डिजिटल मार्केटिङ, ब्रान्ड विकास, दर्शक संलग्नता र पीआर व्यवस्थापनमा सशक्त अनुभव राख्ने एक स्थापित मार्केटिङ एजेन्सी हो जसले अब विराटनगर किङ्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासहरूको जिम्मेवारी सम्हाल्ने छ।

“हामी भी-चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौँ”, विराटनगर किङ्सका टिम मालिक वेङ्कटेश मुन्द्राले भने, “वहाँहरूको सिर्जनात्मक सोच र रणनीति हाम्रो दीर्घकालीन दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। यो सहकार्यले हाम्रो उपस्थिति थप मजबुत बनाउने र समर्थक तथा समुदायसँग हाम्रो सम्बन्धलाई थप गहिरो बनाउनेमा हामी विश्वस्त छौँ।”

भी-चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले भने, “विराटनगर किङ्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाउनु हाम्रो लागि गर्वको विषय हो। वहाँहरूको प्रतिबद्धता र जोस प्रेरणादायी छ, जसमा परम्परासँगको गहिरो सम्बन्ध पनि झल्किन्छ। हामी वहाँहरूको मौलिक पहिचानलाई उजागर गर्ने र रणनीतिक लक्ष्यहरू पूरा गर्न सघाउने सशक्त र प्रभावकारी क्याम्पेनहरू विकास गर्न तत्पर छौँ।”

विराटनगर किङ्स र भी-चित्र बिचको यो साझेदारीले नेपाल प्रिमियर लिगको आगामी सिजनमा इनोभेटिभ क्याम्पेन र दर्शकसँग बलियो संलग्नताको नयाँ अध्याय सुरु गर्ने सङ्केत दिएको छ।

मा अद्यावधिक गरिएको

समाचार

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

डोङफेङ नामीको चाडपर्व अघि नै अफर

राइसोटोप परियोजना: दक्षिण अफ्रिकामा गैँडा जोगाउने नयाँ परियोजनाको शुभारम्भ

बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ: प्रधानमन्त्री

जन्स हप्किन्सका वैज्ञानिकले पुरै मस्तिष्कजस्तै अङ्ग निर्माण गर्न सफल

टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

नेपालमा आरामदायी ‘आइएम सिक्स’ इभी सार्वजनिक, यस्ता छन् विशेषता

नेपाल इन्जिनियरिङ कलेजमा एसियन पेन्ट्स नेपाल क्यालिडोस्कोपकाे १३ औं संस्करण हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

×