2025-10-02

९१ प्रतिशत नयाँ नवीकरणीय परियोजनाहरू जीवाश्म इन्धनको नयाँ विकल्पभन्दा ‘सस्तो’

आवूधावी, युएइ, ७ साउन

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना)ले नवीकरणीय उर्जा उत्पादन लागत रिपोर्ट सार्वजनिक गरेको छ। यसले विश्वभरि जमिनमाथि उत्पादित उर्जाले जीवाश्म इन्धनभन्दा अझै सस्तो र किफायती हुने देखाएको छ।

आइरेनाका अनुसार, सन् २०२४ मा सुरु भएका ९१ प्रतिशत नयाँ सौर्य, वायु र अन्य नवीकरणीय ऊर्जा योजनाहरू पेट्रोल–डिजेल जस्ता जीवाश्म इन्धनको कुनै पनि नयाँ विकल्पभन्दा सस्तो हुनेछ।

२०२४ मा थपिएका ५८२ गिगावाट नवीकरणीय उर्जा संयन्त्रले करिब ५७ अर्ब अमेरिकी डलरको जीवाश्म इन्धन बचत गराएको अनुमान छ। गत वर्ष नयाँ आरक्षित परियोजनाहरूमध्ये ९१% यस्ता थिए जसका लागत जीवाश्म इन्धनका कुनै नयाँ विकल्पभन्दा पनि कम थिए।

नवीकरणीय उर्जा लागतप्रतिस्पर्धी हुनका साथै इन्धन आयातमा निर्भरता घटाएर ऊर्जा सुरक्षा बलियो पार्न सहयोगी छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, “सफा उर्जा बुद्धिमानीपूर्ण अर्थतन्त्र हो — विश्व अहिले पैसाको पछाडि लागिरहेको छ।”

“नवीकरणीय ऊर्जा उक्लँदैछ, र जीवाश्म इन्धनको युग पतन हुँदैछ,” उनले भने, “तर नेताहरूले अवरोध हटाउन, विश्वास निर्माण गर्न, तथा वित्त र लगानीलाई मुक्त गर्न आवश्यक छ। नवीकरणीय ऊर्जा सबैका लागि सुलभ, प्रचुर र सुरक्षित ऊर्जा भएको संसारतर्फ मार्ग देखाइ रहेछ।”

आइरेनाका महाँप्रवन्धक फ्रान्सेस्को ला क्यामेराले भने, “ नवीकरणीय उर्जाको लागत प्रतिस्पर्धा आजको यथार्थ हो। नयाँ नवीकरणीय परियोजनाहरूले जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्दै किफायती, सुरक्षित र दिगो ऊर्जा प्रदान गरिरहेका छन्।”

“तर, यो प्रगति सुनिश्चित गरिएको छैन। बढ्दो भू-राजनीतिक तनाव, व्यापार शुल्कहरू, र सामग्री आपूर्ति सीमितताले गति कम गर्ने र लागत बढाउने खतरा पैदा गर्छ,” उनले भने ।

“ऊर्जा रूपान्तरणको लाभ सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्न, खुला र लचिलो आपूर्ति श्रृंखलाहरू सुनिश्चित गर्न, तथा विशेषगरी ग्लोबल साउथमा स्थिर नीति र लगानीको संरचना बनाउनु आवश्यक छ।”

तर छोटो अवधिमा चुनौतीहरू पनि छन्। व्यापार महसुल, कच्चा पदार्थ अभाव, निर्माण अनुमति ढिलाइ र ग्रिड जडानमा समस्या जस्ता कारकले युरोप र उत्तर अमेरिका जस्ता क्षेत्रमा लागत बढ्न सक्ने जोखिम पनि देखिएको छ।

एशिया, अफ्रिका र दक्षिण अमेरिकी क्षेत्रमा भने उच्च सिकाइ दर र प्रचुर सम्भावनाका कारण लागत अझै तीव्र गतिमा घट्ने अपेक्षा गरिएको छ।

रिपोर्टले थप बताएअनुसार स्थिर नीतिगत वातावरण र दीर्घकालीन राजस्व सुनिश्चित गर्न सक्ने प्रावधानहरूले लगानी जोखिम घटाउन र नवीकरणीय उर्जामा पूँजी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×