फलफूल सुकाउने नयाँ प्रविधि: कोठाको तापक्रममै सुकाउने मिल्ने

तस्बिर: बास्टाराचेया

शोधकर्ताहरूले फलफूललाई कोठाको तापक्रममै सुकाउन मिल्ने एक नवीन प्रविधि विकास गरेका छन् । जसले ऊर्जा-खपत हुने तातो प्रविधिको आवश्यकता हटाउँने जनाएको छ ।

एसिएस फूड साइन्स एण्ड टेक्नोलजीमा प्रकाशित अध्ययन अनुसार, यो प्रविधिमा खाद्य-सुरक्षित क्याल्सियम क्लोराइड र हावाको दबाब प्रयोग गरिन्छ, जसले फलफूलको रंग तथा बनावट जोगाउँदै प्रभावकारी रूपमा सुकाउने काम गर्छ।

परम्परागत सुकाउने विधिहरू, जस्तै तातो हावा, विजुली उर्जा वा सौर्य ऊर्जामा सुकाउने गरिन्छ, जसले ढिलो र असमान परिणाम दिने समस्याहरू छन्। यी समस्याको समाधान खोज्दै, लुइस बास्टाराचेया र उनको टोलीले तातो प्रयोग नगर्ने सुकाउने चेम्बर डिजाइन गरेका छन्, जसमा क्याल्सियम क्लोराइड चिस्यान सोस्ने गुण प्रयोग गरिएको छ।

यो चेम्बरमा तीन तहको जाली राखिएको छ, जुन क्याल्सियम क्लोराइड भएको कन्टेनरको माथि राखिएको हुन्छ। परीक्षणका लागि आम र स्याउका टुक्राहरू राखिएको थियो।

शोधकर्ताहरूले दुई सुकाउने अवस्था सामान्य हावाको दबाब र हल्का भ्याकुम बिच तुलना गरेका थिए । चार दिनपछि, भ्याकुममा सुकाइएको फलफूलमा लगभग ३०% चिस्यान कायम रह्यो, जुन व्यावसायिक मापदण्डसँग मेल खान्छ। तर फलफूलको स्थान अनुसार सामान्य दबाबमा सुकाइएको फलफूलमा चिस्यानको स्तर २०% देखि ७०% सम्म फरक देखिएको थियो।

विशेषतः भ्याकुममा सुकाइएको आपको टुक्राहरूले आफ्नो चम्किलो पहेँलो रंग कायम राखे भने दुवै विधिमा स्याउमा समान कालोपन देखियो। सूक्ष्म विश्लेषणले भ्याकुममा सुकाउने विधिले स्टार्च ग्रान्युलहरू जोगाउन मद्दत गरेको अनुसन्धानमा उल्लेख छ । जसले ताजा रहन समय बढाउँनेछ ।

यो प्रविधि केवल फलफूल संरक्षणमा सीमित छैन। बास्टाराचेयाका अनुसार, सुकाउने प्रक्रियामा संकलित पानी पुनः प्रयोग गर्न सकिन्छ, “क्याल्सियम क्लोराइडले संकलित पानीलाई वाष्पीकरण गरेर हटाउन सकिने तथा पुनः सघन बनाइएको समाधानलाई अर्को सुकाउने चक्रमा प्रयोग गर्न सकिन्छ।” यसले औद्योगिक पुनः प्रयोग वा मानव उपभोगका लागि प्रशोधनको सम्भावना खोल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच सम्झौता

महासंघले प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिमा “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गर्दै

चन्द्रागिरी हिल्स तथा केवलकार भोलि शनिबारदेखि सञ्चालनमा आउने

नेपाल एष्ट्रोनोमिकल सोसाइटी(नासो)लाई आइएयूको राष्ट्रिय सदस्यको मान्यता

कसरी एक व्यक्तिको आत्ममुग्धताले सम्पूर्ण टोलीलाई कमजोर पार्छ

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

खालिद एल-एनानी युनेस्कोको महानिर्देशकमा निर्वाचित

जीवन बीमा कम्पनीको व्यापार साढे २६ प्रतिशतले बढ्यो

×