
टेक्सस, माघ २३ । युवा व्यवसायीहरूको साझा संस्था फिने अमेरिकाले अमेरिकामा आर्थिक अवसर तथा व्यवसायका विषयमा मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ।
भक्ती फाइनान्स ग्रुपका प्रमुख गगन केसीको प्रशिक्षणसहित फाइनान्सियल अपरचुनिटी सेमिनार जनवरी ३१ शनिबार टेक्ससको बेडफोर्डमा आयोजना गरिएको हो।
कार्यक्रममा केसीले अमेरिकामा आर्थिक स्वतन्त्रता हासिल गर्ने विभिन्न उपायहरू र त्यसका लागि आवश्यक कदमहरूबारे कार्यपत्र प्रस्तुत गरे। सेमिनारमा डालस–फोर्टवर्थ क्षेत्रका युवा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
फिने अमेरिकाका अध्यक्ष सविन्द्र थापाले उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रमहरूले व्यवसाय सुरु गर्न चाहने वा व्यवसाय गरिरहेका युवाहरूलाई थप प्रेरणा दिने बताए।
संस्थाले उद्योग–व्यवसाय सुरु गर्न इच्छुक तथा सक्रिय व्यवसायीहरूलाई नेटवर्किङ गर्ने अवसर दिलाउने र परामर्श प्रदान गर्ने कार्य निरन्तर गर्दै आएको छ।

Leave a Reply