
अमेरिकी वैज्ञानिकहरूको नयाँ अनुसन्धानले माथिल्लो वायुमण्डलमा कार्बन डाइअक्साइडको वृद्धिले पृथ्वीमा पर्ने भूचुम्बकीय आँधीको प्रभाव बदलिने देखाएको छ।
अमेरिकाको नेशनल साइन्स फाउन्डेसन अन्तर्गतको नेशनल सेन्टर फर एट्मोस्फेरिक रिसर्च (एनएसएफ एनसीएआर) द्वारा गरिएको एक अध्ययन अनुसार, पृथ्वीको माथिल्लो वायुमण्डलमा कार्बन डाइअक्साइडको बढ्दो मात्राले भूचुम्बकीय आँधीको प्रभावलाई परिवर्तन गर्नेछ । जसले हजारौं भूउपग्रहहरूको सञ्चालनमा चुनौती उत्पन्न गर्न सक्ने उल्लेख गरेको छ।
सूर्यबाट निस्कने आवेशित कणहरूको ठूलो विस्फोटले उत्पन्न हुने भूचुम्बकीय आँधीले पृथ्वीको वायुमण्डललाई प्रभावित पार्छ। यस्तो आँधीले वायुमण्डलको घनत्व अस्थायी रूपमा बढाउँछ, जसले उपग्रहको गति, उचाई र सञ्चालन अवधिमा असर पार्नेछ।
भविष्य हुने आँधी कम घनत्वका हुने उच्च परिवर्तन अध्ययनमा प्रयोग गरिएको उन्नत कम्प्युटर मोडेलले देखाएको हो ।
अनुसन्धानकर्ताहरूले भनेका छन्, “भविष्यमा यस्तै तीव्रताको आँधी आउँदा वायुमण्डलको आधारभूत घनत्व कम हुने भएकाले कुल घनत्व पनि कम हुनेछ।”
तर, आँधीको अवधिमा हुने घनत्वको वृद्धिको अनुपात भने अहिलेको तुलनामा बढी हुनेछ।
“सूर्यबाट आउने ऊर्जा वायुमण्डलमा कसरी असर गर्छ भन्ने तरिका भविष्यमा बदलिनेछ, किनभने पृष्ठभूमि घनत्व फरक हुनेछ,” अनुसन्धानका प्रमुख लेखक निकोलस पेडाटेला भन्छन्।
“उपग्रह उद्योगका लागि यो अत्यन्त महत्वपूर्ण विषय हो, किनभने उपग्रह डिजाइन गर्दा वातावरणीय अवस्थालाई ध्यान दिनुपर्छ।”
यो अध्ययन जापानको क्युशु विश्वविद्यालयसँगको सहकार्यमा गरिएको हो । यस अध्ययनको नतिजा जियोग्राफीक रिसर्च लेटर्समामा प्रकाशित भएको छ।
पृथ्वीको माथिल्लो वायुमण्डलमा पछिल्ला दशकहरूमा अत्यन्त महत्वपूर्ण हेरिएको छ, किनभने आधुनिक नेभिगेसन प्रणाली, डाटा ट्रान्समिशन, राष्ट्रिय सुरक्षा लगायतका प्रविधिहरू उपग्रहमा निर्भर छन्।
पृथ्वीको तल्लो वायुमण्डलमा कार्बन डाइअक्साइडले ताप बढाउँछ भने माथिल्लो वायुमण्डलमा यसले तापलाई अन्तरिक्षतर्फ पुनः उत्सर्जन गर्छ, जसले वायुमण्डललाई चिसो बनाउँछ।
सुपरकम्प्युटरमा गरिएको विश्लेषण वैज्ञानिकहरूले २०२४ मे १०–११ मा आएको भूचुम्बकीय सुपरस्टोर्मलाई आधार मानेर २०१६, २०४०, २०६१ र २०८४ मा हुने सम्भावित प्रभावको विश्लेषण गरेका छन्।
यसका लागि एनएसएफ एनसिएआर वुमिङ सुपरकम्प्यूटिङ सेन्टरमा रहेको डरेचो सुपरकम्प्युटर प्रयोग गरिएको थियो।
त्यस्तै, शताब्दीको उत्तरार्धमा यस्तै प्रकारका आँधी आउँदा वायुमण्डलको घनत्व २०–५०% कम हुने सम्भावना छ। तर, आँधीको अवधिमा हुने परिवर्तनको अनुपात भने अझ तीव्र हुनेछ।
“अझ गहिरो अनुसन्धान आवश्यकता पर्दछ,” पेडाटेला भन्छन्, “हामीसँग अहिलेको मोडेलले माथिल्लो र तल्लो वायुमण्डलबीचको जटिल सम्बन्ध बुझ्न सक्ने क्षमता छ। यी परिवर्तनहरू कसरी हुनेछन् भन्ने जान्नु अत्यन्त आवश्यक छ, किनभने यसले हाम्रो वातावरणमा गहिरो असर पार्न सक्छ।”
Leave a Reply