2025-09-15

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

oplus_256

ललितपुर । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ ।

छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्नसक्ने, त्यसभन्दा माथिको बीमा दाबी भुक्तानीको हकमा नियम बमोजिम पुनर्बीमकले पेश्की स्वरूप अग्रिम रूपमा रकम दिनुपर्ने र तरलता व्यवस्थापनमा पुनर्बीमकले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गरे।

साथै, उनीहरूले आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका भौतिक सम्पत्तिको बीमा दाबी भुक्तानीका सन्दर्भमा विशेष परिस्थितिका कारण सर्भे प्रतिवेदन प्राप्त गर्न नसकिने र वडा कार्यालय तथा प्रहरी कार्यालयहरू क्षतिग्रस्त भएका कारण सिफारिश समेत प्राप्त गर्न कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने लगायतका धारणा राखेका छन् ।

यसैगरी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमकले पुनर्बीमाका लागि प्रस्ताव गर्दा तथ्याङ्क विश्वसनीय हुनुपर्ने, दाबी भुक्तानीका सन्दर्भमा गर्न सकिने सहयोग गर्न पुनर्बीमकहरू तयार रहेको लगायतका धारणा राखेका थिए ।

छलफलमा नेपाल बीमा प्राधिकरण कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालको गैरप्राकृतिक विपद्मा भएका क्षतिको बीमा दाबी भुक्तानीलाई सरल एवम् सहज बनाउन प्राधिकरणले बीमा नियमावली, २०८१ मा भएको व्यवस्था अनुरूप बीमा दाबी भुक्तानी सम्बन्धी सङ्क्षिप्त कार्यविधि बनाई लागू गर्न सक्ने व्यवस्था भएकाले सो सम्बन्धमा तीन दिनभित्र राय–सुझावहरू दिन बीमक तथा पुनर्बीमकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनुरोध गरे ।

कार्यकारी निर्देशक सुवेदीले बीमा गरेपछि बीमा दाबी पाइन्छ भन्नेमा सर्वसाधारण आश्वस्त हुने गरी काम गर्न र बीमा दाबी सम्बन्धी तथ्याङ्क सङ्कलन तथा दाबी भुक्तानीमा सहजीकरण गर्न फोकल पर्सन तोकेर सार्वजनिक रूपमा जानकारी दिन बीमकहरूलाई निर्देशन दिनुभयो ।

कार्यकारी निर्देशक सुवेदीले बीमकहरूले आफूले बीमा गरेका भौतिक तथा अन्य सम्पत्तिमा भएको क्षतिका बारेमा जानकारी पाएमा त्यसका बारेमा यथाशिघ्र बीमितलाई जानकारी दिएर दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि पहल गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

मा अद्यावधिक गरिएको

समाचार

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

भाइबरको एक दशक लामो यात्रा: नेपाली समाजसँगको गहिरो सम्बन्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

भाइबरको एक दशक लामो यात्रा: नेपाली समाजसँगको गहिरो सम्बन्ध

×