देशभर अत्यधिक वर्षाको कारण सरकारले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सूचना प्राप्तका आधारमा बिदा दिइएको उल्लेख छ।
अत्यधिक वर्षाले विभिन्न स्थानमा पहिरो गएका छन् भने सडक अवरोध. डुबान र भू-क्षय जस्ता जोखिम बढेको छ । काठमाडौँ उपत्यकामा पनि बाग्मती, विष्णुमती र मनोहरा खोलाले नदीको सतह पार गरेको छ ।
मौसम विज्ञान विभागले देशभर तीन दिने वर्षा हुने जनाएको थियो ।

Leave a Reply